अंग्रेजी नयाँ वर्षको अवसरमा सुर्खेतमा बृहत ख्रीष्टमस कार्यक्रम
सुर्खेत, १७ पुस ।। इसाई समाज बिरेन्द्रनगर सुर्खेत र सुर्खेत इसाई समाजको सहकार्यमा आज बुधबार सुर्खेतमा बृहत ¥याली सहित ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
पास्टर कुमार बस्यालको सभाध्यक्ष रहेको ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल रहनुभएको थियो । मुख्य मन्त्री कंडेलले ख्रीष्टमसको शुभकामना दिँदै सबै जाति, भाषा र धार्मिक समुदाय एकतामा रहनुपर्ने बताउँदै ख्रीष्टमस जस्तो महत्वपूर्ण पर्वमा अन्य धार्मिक गु्रुहरुलाई पनि निमन्त्रण गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथिको रुपमा पूर्व कानून मन्त्री कृष्ण बहादुर जि.सि, माननीय बलिमाया बुढा रहनुभएको थियो । ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमको वक्ताको रुपमा सुर्खेत इसाई समाजका अध्यक्ष तथा कर्णाली इसाई सञ्जाल एकता समाजका अध्यक्ष पास्टर पदम गैर रहनुभएको थियो ।
बिरेन्द्रनगर सुर्खेतको बुलबुले गेटबाट ¥याली सुरु भएको थियो भने बिरेन्द्रनगर–६ पिपल चौतारामा आयोजित ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमको सुरुको प्रार्थना कर्णाली प्रदेश इसाई सञ्जाल एकता समाजका सल्लाहकार रेभ.पास्टर शोलमन गुरुङले सुरुको प्रार्थना गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालक पास्टर निशान घर्तीले गर्नुभएको थियो ।