अनन्त जीवनको बाटो देखाउन प्रभु येशू जन्मनुभएको हो

ईतिहास परियार
२०८१/०९/१० गत्तेको दिन येशु जन्मदिनको सबैमा शुभकामना छ । हाम्रो पापको छुट्काराको निम्ति प्रमेश्वरले यस संसारमा पबित्र आत्मले भरिपूर्ण मानिसको रुपमा यक्लौटे पुत्र जसको नाम ईम्मानुएल, येशु राखिएको थिया । येशू पबित्र बाईबल अनुसार मानिषको रुपमा संसारमा जन्मलिएपछी थुप्रै आचार्यकामहरु गर्नुभएको कुराहरु पाउदछौँ । अन्धाहरुलाई निको पार्नुभएको,१२ बाह्र बर्ष सम्म रगत बग्ने स्थिरीलाई निको पार्नु भएको, अझ अच्चमको कुरा त ५ पाँच हजार जनालाई खुवाउनु भयो ।

उहाँ संसारमा आएपछी थुप्रै अगम्बानीहरु गर्नु भएको हो जुन आज त्यो पूरा भैरहेको छन् । मर्कुश १३ः१–३७ पदमा उहाँले गर्नुभएको अगम्बानी मा ३७ मा त्यसैले म तिमिहरुलाई जे भन्दछु म सबैलाई भन्दछु जागा रहौ । लेखिएको छ जाग रहौ । प्रिय मित्रहरु अहिलेको देखावटी ख्रिष्टमास विश्वासी अविश्वासी सबैले मनाउने गर्दछन । अहिलेको येशू जन्मेको सुसमाचारीय भएका छत ?


त्यो बेलाको समय जब म कलिलो ठिटो अथवा १३–१४ बर्षको उमेरमा हिंउद लाग्ना बित्तिकै हामीलाई खुशी लाग्थ्यो । प्रभु येशू कठिन कठ्याङ्रीदो समयमा जन्मिनु भएको खुशियालीमा हामी चर्चमा ख्रिष्मासको तयारी गर्न रात दिन फुर्सद हुदैन्थ्यो । यक आपसमा भेला हुने, मिठो मसिनो बाँडेर खाने एक अर्काको निम्ति प्रार्थनामा सम्झिने मण्डली भवनहरु सिंगारने, नाटकहरु तयारी गर्ने यस्तै महत्वपूर्णरुपमा हामी ख्रिष्टमस मनाउने गर्थियौँ ।


त्यो बेलाको ख्रिष्ट जन्मोत्सव हामीले सुसमाचारिय तरिकाले मनाउने गर्थियौँ । अहिले मानिषहरुको हृदय कठोर भएको छ । उहाँको प्रेमबाट धेरैको हृदयहरु चिसो भएको छ । कहिलै नफर्किने गरी टाढा भएको छ । हामी देखाउटी विसुवासी मात्र भएका छौँ । यो पबित्र बाईबलमा लेखिएको अनुसार पूरा भएको छ ? तर अन्तमा जो स्थिर रहन्छ त्यस्ले अनन्त जीवन पाउने छ,भनेर येशुले अगमबानी गर्नुभएको गर्नुभएको छ ।


यहाँ स्थिरताको जीवन कोही कसैले जिउन सकेका छैनौँ । येशू जन्मदिनको खुशीयालीमा मनाईने विभिन्न कार्यक्रमहरु देखावटी हैन पबित्र आत्मको भरिपुरीरुपमा मनाईयोस । हृदयबाट सबैजनालाई हार्दिक शुभकामना ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button