अनुग्रह साझा संगतिद्वारा आत्मिक जागृति संगति

ललितपुर, २५ कार्तिक ।। अनुग्रह साझा संगतिको आयोजनामा एक दिन आत्मिक जागृति कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरुलाई लक्षित गरेर काठमाण्डौँको सितापाइला स्थित युनाइटेड चर्चमा आयोजित कार्यक्रममा दुई सय भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।


युवाहरुलाई आत्मिक क्षेत्रमा जागृत बनाउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा परमेश्वरको बचनबाट पास्टर जेम्सकुमार बुढा मगरले उत्साह दिनुभएको थियो ।


पहिलो पटक आयोजित एकदिने जागृति कार्यक्रम आशिषित रुपमा सम्पन्न भएको पास्टर जगेश्वर घर्ती मगरले जानकारी दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button