अन्तिम श्रद्धाञ्जली सभापछि डा. रमेश खत्रीको अन्त्येष्टि

हरि जिज्ञासु
कात्तिक, ५काठमाण्डौँ नेपाली इसाई जगतमा अतुलनीय योगदान पु¥याउनुभएका डा.रमेश खत्रीको आज अन्त्येष्टि गरिएको छ ।


नेपालको ऐतिहासिक रुपमा रहेको काठमाण्डौँको पुतली सडक चर्चमा अन्तिम श्रदाञ्जली सभापछि डा.रमेश खत्रीको अन्तिम दाहसंस्कार गरिएको हो ।


डा. रमेश खत्रीको अन्तिम श्रदाञ्जलीसभामा नेपालका बरिष्ठ पास्टर ज्यूहरु सहित आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।


बि.सं २००९ सालमा जन्मनुभएका डा.रमेश खत्रीको क्यान्सरको कारण २०८० कात्तिक ४ गते शनिबार हरिसिद्धी क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


अन्तिम श्रदाञ्जली सभामा सहभागी बरिष्ठ पास्टर ज्यूहरु तथा विभिन्न संस्थाका प्रतिनिधिहरुले स्वर्गीय डा. रमेश खत्री एक असल र ख्रीष्टियन समुदायको पक्षमा बोल्ने व्यक्तित्व रहेको बताउनुभएको छ ।


पञ्चायतकालमा धर्म प्रचारको आरोपमा जेल जीवन बिताउनुभएका रमेश खत्रीले आफ्नो जीवनकालमा इसाई समुदायको लागि अतुलनीय काम गर्नुभएको बताइएको छ । उहाँले सन् १९८१ मा नेपाल बाइबल आश्रम इन्सिटयुटको स्थापना गर्नुभएको थियो ।


बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट पी.एच डी हाँसिल गर्नुभएका रमेश खत्रीले सन् १९९३ मा नेपाल धर्मशास्त्रीय शिक्षा संघ ऐटेन पुस्तकालय समेत स्थापना गर्नुभएको थियो । उहाँले बि.सं २०६२ सालमा नेपालको शान्तिको लागि राष्ट्रिय प्रार्थना अभियानको सुरुवात गनुर्भको थियो । देशमा तत्कालीन माओवादी र सत्तापक्ष बीच द्घन्द चरिरहेको थियो । उक्त अभियान अहिलेसम्म पनि सञ्चालनमा छ ।


डा. रमेश खत्रीले इसाई समुदायको आत्मिक जागृतिका लागि मिलाप, चट्टानमाथिको घर, चाख लाग्दो बाइबल ब्याख्या, प्रभावशाली व्याख्यात्मक उपदेश, सहादतपछि विजय र स्वतन्त्रता लगायतका पुस्तक प्रकाशित गर्नुभएको छ । त्यस्तै उहाँले लेखेका भजनहरु मध्येमा ३२८ (मुटु भरिभरि) र ३३१ को (पृथ्वी माथि माथि) शिर्षकको भजन मण्डलीमा गाउँने गरिन्छ ।


अन्तिम श्रदाञ्जली सभामा सहभागीहरुले ख्रीष्टियन समुदायले एक प्रतिभासाली व्यक्ति गुमाएको बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button