आज हामीले यी विषयमा प्रार्थना गरौँ


१. बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उहाँको परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गनुभएको होस् भनी प्रार्थना गरौँ ।


२.आज दिनभरीमा देशभरी घटेका विभिन्न घटनाहरुको निम्ति प्रार्थना गरौँ । ती घटनाबाट प्रभावितहरुलाई परमेश्वरले सहन सक्ने शक्ति प्रदान गर्नुभएकोहोस् ।


३. देशको राजनीतिक अवस्था चिन्ताजनक छ । सम्पूर्ण राजनीतिक दलका लिडरहरुको लागि प्रार्थना गरौँ । ताकि लिडरहरुलाई देश निर्माणमा सफल ज्ञान परमेश्वरले दिनुभएको होस् ।


४. देशभरीका सम्पूर्ण जनप्रतिनिधिहरुको लागि प्रार्थना गरौँ । जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा राम्रो काम गर्न सक्नुभएको होस् ।


५. देशका सम्पूर्ण कर्मचारीहरुको लागि प्रार्थना गरौँ । जसले सेवाग्राहीलाई असल सेवा दिन सक्नुभएको होस् ।


६. देशमा खेतिपातीको समय सुरु भएको छ सम्पूर्ण किसानको लागि प्रार्थना गरौँ । किनकि किसानहरुले गरेको मेहनतमा परमेश्वरले आशिष दिनुभएको होस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button