आफूमाथि कालोमोसो दल्नेलाई क्षामा दिन्छन् पास्टर भीमबहादुर

हरि जिज्ञासु
भदौ २६ ।। गतसाता नवलपरासी जिल्ला र रुपन्देही जिल्लाका सीमा क्षत्रमा केहि पास्टर ज्यूहरुलाई हातपात गर्ने र कालो मोसो दल्ने,चर्चमा तोडफोड गर्ने लगायतका अमानवीय घटना घटे । कुनै पनि व्यक्तिले आफूले इक्षा आएको धर्ममा आस्था राख्न पाउँछ तर आस्था राखेकै कारण घटना घट्यो ।


भदौ १८ गते पालिनन्दन् गाउँपालिका वडा नं. १ महेश्वर सुनरी गाउँमा एक घर परिवारलाई संगति दिन जाँदा अभिषेक चर्च बर्दघाट १५ का ६२ वर्षीय भीम बहादुर तामाङ र सोही अभिषेक चर्चका सदस्य पलबहादुर सुनारमाथी स्थानीय केहि व्यक्तिहरुले घरमा संगति गर्नेक्रममा घरबाट निकालेर हातपात गरे ।

भीडले हातपात गर्नेक्रममा प्रहरी पुगेर आफ्नो ज्यान बचाएको भीम बहादुर सुनाउँनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘हामी घरमा संगति गर्दै थियौँ । केहि व्यक्तिहरु पुगेर हामीलाई बाहिर निकाले । अनी बाइबल र भजन खोसे । श्रीराम भन्न लगाए तर हामीले भनेनौँ । बाइबल जला भनेर धम्काए तर हामीले मानेनौँ अन्तमा उनीहरुले नै बाइबल र भजन जलाई दिए । इलका प्रहरी पुगेर हामीलाई बचायो । तर प्रहरीकै अगाडि हामीलाई भीडले कालोमोसो समेत दलिदियो । हामीलाई कुटपीट गरियो । बाहिर चोट नदेखिएपनि भीत्र धेरै समस्या छ ।’


धर्म प्रचारको आरोप लगाएर महेश्वरमा दुई जनालाई हातपात र गरेको खबर सुन्ने वित्तिकै घटनाबारे बुझ्नको घटनास्थल पुगेका बेथेल मण्डली बर्दघाटका पास्टर रामबहादुर थापा र पास्टर अरुन गुरुङ सहित तीन जना पास्टरमाथी समेत बाटोमा हातपात भयो । भीमबहादर तामाङ र पलबहादुर सुनारको अवस्था बुझ्नको इलकाप्रहरी चौकीमा गएको र फर्कीने क्रममा बाटोमा कुटपिट गरेको पास्टर रामबहादुर बताउनुहुन्छ ।


उहाँले भन्नुहुन्छ, ‘हामीलाई प्रहरीले यहाँ भीड हुन्छ तपाईँहरु जानुहोस् भनेपछि हामी तीन जना मोटरसाइकलमा फर्कीयौँ । मोटोरसाइकलमा फर्कीनेक्रममा बाटोमा छुटाछट्टै आक्रमण भयो । बाटोमा बसेका केहि व्यक्तिहरुले मेरो मोटरसाइकल रोकेर कुटपिट गरे । त्यहि समयमा एकजना अलि परिपक्व व्यक्ति पुगेर मलाई बचाउनुभयो र ती युवाहरुलाई सम्झाएर पठाउँनुभयो । अरु दुई जना पास्टरहरुलाई पनि कुटपिट गरेछन् उहाँहरु भाग्न सफल हुनुभएछ । तर चोट भने लागेको छ ।’


भीम बहादुर तामाङ र पलबहादुर सुनारलाई सुरक्षाको लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पु¥याएर सुरक्षा दियो । नवलपरासी ख्रीष्टियन समाजका अध्यक्ष लगायतका टोलीको रोहभरमा उहाँलाई प्रहरीलाई त्यहि निनमा छोडिदियो ।


को हुन् भीम बहादुर तामाङ ?
भीमबहादुर तामाङ २०१८ सालमा धादिङमा जन्मिनुभयो । अहिले उहाँहरु स्थायीरुपमा नवलपरासीको बर्दघाट १५ पृथ्वी वस्तीमा बस्नुहुन्छ । उहाँको एउटा सानो घर छ । एउटा सानो पसलमा भीमबहादुर तामाङ चिया बेच्नुहुन्छ । भीम बहादुर तामाङ एक सामान्य किसान हुनुहुन्छ । उहाँ चिया बेच्दै अभिषेक चर्चमा सेवकाई गर्नुहुन्छ । उहाँ अलि कान कम सुन्नुहुन्छ ।

कानमा मेशिन जडान गरेर सुन्नुुहुन्छ । त्यहि मेशिनपनि कुटपिट गर्नेक्रममा बिग्रीसकेकोले आजभोली भीमहादुरलाई त्यहि मेशिनको पीर छ । कान सुन्नको लागि मेशिन भीम बहादुरको साहारा हो । उहाँसँग मेशिन किन्न सक्ने समेत क्षामता छैन । मेशिनलाई करिब ७० हजार भन्दा माथि पर्छ । आर्थिक रुपमा कमजोर हुनुहुन्छ ।
पञ्चायतकालमा पनि धर्मप्रचारको आरोमा थुनिएका थिए भीमबहादुर
भीम बहादुर तामाङलाई २०३८ सालमा धर्म प्रचारको आरोप लगाएर मुद्धा चलाइएको थियो । नवलपरासीमा भीम बहादुर लगायत ७ जनालाई स्थानीयले धर्म प्रचार गरेको भनेर आलोचना गरेका थिए । २०३८ सालमा पक्राउ परेको कुरा भीमबहादुर यसरी सुनाउँनुहुन्छ, ‘हामीलाई धर्म प्रचारको आरोप लगाएर जिल्ला अदालत नवलपरासीमा मुद्धा चल्यो ।

७ जनालाई पक्राउ गरेर हामी ४ महिनासम्म कारबारमा थुनियौँ । किनकि हामी परमेश्वरको खातिर थुनिनु र कुटिनु कुनै ठूलो कुरो होइन । हामीलाई जसले कुटपिट गर्छ र थुन्छ उहाँहरुलाई हामी क्षामा दिन्छौँ उहाँहरुलाई थुन्नु र बदाला लिनु हाम्रो काम होइन ।’


कालोमोसो दलेकोमा आफूलाई पछुतो नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, मैले त पञ्चायत कालमा पीडा भोगेको छु । म एक पीडित हुँ । म मानिसहरुलाई निरन्तर संगति दिन्छु । सुनरीमा एक घर परिवार विश्वासी छ । म त्यहाँ संगति दिन जानुपर्छ । किनकि हामीले चोरेका छैनौँ, कसैलाई ढाँटेका छैनौँ ।’


को हुन् पलबहादुर सुनार ?
कालो मोसो दलेपछि पीडामा रहेका पलबहादुर सुनार पनि अभिषेक मण्डली बर्दघाटका एक अगुवा हुनुुहुन्छ । उहाँको आर्थिक अवस्था पनि कमजोर छ । तर उहाँलाई कालोमोसो दल्नेहरुले डलरेको आरोप लगाए । उहाँ ज्यालामज्दुरी गरेर परिवारको खर्च धान्नुहुन्छ । पलबहादुर सुनारले यो भन्दा ४ वर्ष अगाडि परमेश्वरमा विश्वास गर्नुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button