आमूल परिवर्तन नागरिक पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न

बिर बहादुर तामाङ
धरान–२ माघ ।। आमूल परिवर्तन नागरिक पार्टीको धार्मिक तथा अल्पसंख्यकहरुको राजनीतिमा सहभागिता तथा देशको वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा १ नं .प्रदेश स्तरीय कार्यकर्ता भेला धरानको स्टार पूर्वी होटेलमा सम्पन्न भएकको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेम्चुरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनीतिक पहुँच बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य पार्टी उपमहासचिव नरेश क्षितिजले राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जेन्टल लावतीले हामी निरन्तर रूपमा आन्दोलित छौं र वृहत एकता गरेर पार्टी निर्माणमा लागेको छौं । अब तोडेर, फोडेर आन्दोलन गरेरमात्र हुँदैन रहेछ, त्येसैले हामी तल्लो स्टारसम्म पार्टी निर्माणमा लागेको छौं । तपार्इंहरु पनी आउनुभएको छ हाम्रो मुद्दा मिल्ने कुरामा एक भएर मोर्चाबन्दी गरेर अगाडी बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मन्तब्य राख्ने क्रममा तारा लामागदेले यो पार्टी पनि हिजो कै जस्तो निर्वाचनमा जित्ने अनि हराउने तालकै हुनुभएन । यसले धार्मिक,अल्पसंख्यकहरुको विषयमा खरोरूपले आवाज सदन सडक मै उठाउनुपर्यो अनिमात्र परिवर्तन सम्भव हुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथी शमूएल संग्राम राईले अब ख्रीष्टियनहरु पनि एक ठाउँमा आउँदैछन् वा भनौं पार्टी खोले भन्ने खाले समाचार त हप्ता दिन अगाडि नै पढेको हो । मलाई धेरै खुसी लाग्यो पढ्दा आज कार्यक्रममै बोलाउनु भयो त्यसको लागी धन्यवाद आयोजक पार्टीलाई ।
अब दोश्रो कुरा मैले भन्नै पर्छ उत्पिडित धार्मिक, अल्पसंख्यकहरुको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु । तर फेरि पनि म पार्टी मै लागेर चाहिँ तपाईहरुलाई सघाउन सक्दिन तर मैले भन्नुपर्ने, गर्दिनुपर्ने काम चाहिँ गर्दिन्छु । अब ८४ मा तपाईहरु निर्वाचनमा जानुहोस् जित्नुहोस सदनमा थर्काउनु होस । म सदैव तपाईंहरूको लागी प्रार्थना गर्दिन्छु । मेरो भन्नु यति नै हो आजकाहरुले जस्तो नगर्नुहोला तपाईंहरूले जित्नु भयो भने, म सदैव तपाईंहरुसँग छु भन्ने आफ्नो सान्दर्भिक भनाई राख्नु भएको थियो ।
पार्टी अध्यक्ष दल मर्दन कामीले आज हाम्रो कार्यक्रम बिथोल्न धेरै जनाले धेरै प्रयासहरू गर्नुभयो तर पनि हामीलाई विश्वास गरेर विभिन्न जिल्लाहरूबाट प्रतिनिधी साथीहरु आउनुभएको छ, यहाँहरुलाई धन्यबाद दिनु चाहान्छु । आज बन्ने तदर्थ समितिलाई पनि अग्रीम शुभकामना तथा कार्यसफलताको शुभकामना भन्न चाहन्छु । हाम्रो पार्टीले हिजोको पार्टीहरुले जस्तो धोखा नगर्नेमा विश्वस्त रहन पनि म अनुरोध गर्न चाहान्छु । हामीले उत्पिडनमा परेको जाती, धार्मिक, जातीय अल्पसंख्यकहरुको बारेमा वकलत गर्नेछौं । ८४ मा हामीलाई मतदान दिनुहोस् तपाईहरुलाई सम्मान अधिकारको प्रतिभुती हामी गराउँछौ ।
कार्यक्रमको अध्यक्षता पार्टीका अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो भने पार्टीका वरिष्ठ नेता कमला हेम्चुरी, डा. शमूएल संग्राम राईको विशिष्ट अतिथि र पार्टी उपाध्यक्ष बलराम विश्वकर्मा, नेपाल ख्रीष्टियन पत्रकार संघको केन्द्रिय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीको उपमहासचिव बिष्णु थामदेन,पार्टी उपमहासचिव श्याम बहादुर राई, नरेश क्षितिज,कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बू,सचिव शशी कुमार वि. क. डिवि तामाङ को आतिथ्य रहेको थियो । कार्यक्रम पार्टी सचिव निमा तामाङले सञ्चालन गर्नु भएको थियो ।
१.नं. प्रदेश तदर्थ समितिको नामावली ः–
संयोजकः– देवेन्द्र कुमार लिम्बू (डिके)
सह–संयोजकः– निमा तामाङ
सचिवः– लाल बहादुर मगर
सदस्यः–
ओवेद चौधरी
रोशन सेन्चुरी
ललिता मोची
धनराज राई
देवेन्द्र खत्री
चम्फा कार्की
सृजना सिलवाल
सरिता थापा मगर
पावल धिमाल
दिल बहादुर नेपाली
सिद्धि चौधरी
वकील दर्जी