आर्टस्मा रमाईरहेका मन्ट अहिर यादव

धेरैसँग आ–आफ्नो कला हुन्छ । आफ्नो कलाले जीवन चलाइरहेको धेरै भेटिन्छन् । आफूभित्रको कलालाई माया गर्ने र त्यसैमा रमाउने एक व्यक्ति हुनुहुन्छ मन्ट अहिर यादव । वि.सं. २०४५ मा नवलपरासी ललितपुर गाउँमा जन्मिएका मन्ट अहिर अहिले काठमाण्डौं उपत्यकाको ललितपुरमा आर्टस् कलामा रमाईरहनुभएको छ ।


हरेकको आ–आफ्नो कथा जस्तै मन्ट अहिर यादवको पनि आफ्नै कथा छ । दश वर्षको कलिलो उमेरमा दाजु राजकुमार यादवले मन्ट अहिरलाई काठमाडौंमा ल्याउनुभयो । काठमाण्डौँमा होस्टेलमा बसेर अध्ययन गरेका यादव कक्षा १२ सकाएपछि मात्र होस्टलबाट बाहिर निस्कनुभयो । होस्टलबाट बाहिरिएपछि यादवले धेरै मेहनत गर्नुपरेको बताउनुहुन्छ ।


कक्षा १२ को अध्ययन सकाएपछि उहाँ गाउँ फर्कनु भएन । काठमाडौँको खाल्डोमै कुही गर्छु र केही बन्छु भन्ने दृटताकासाथ उहाँले भरपूर मेहनत गर्नुभयो । त्यतिखेरको समयमा काठमाडौंमा स्थापित हुनको लागि ट्याक्टर चलाउने, घरको रंग लगाउने लगायत अन्य धेरै काम गरेको यादव सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म सानैदेखि मेहनती थिएँ । पढाइमा पनि म राम्रो मेहनत गर्थें । जुनसुकै काम भएपनि गर्ने तर त्यसलाई राम्रो गर्ने मेरो बानी हो । आर्टस् क्षेत्रमा पनि मेरो सानैदेखिको रुची थियो ।”


२०६१ सालमा परमेश्वरमा विश्वास गरेका मन्ट अहिर यादव अहिले बालबालिकाहरुको बीचमा सेवा गर्नुहुन्छ । बालबालिकालाई परमेश्वरको वचनमा हुर्काउनुहुन्छ । उहाँका अन्य रुचीचहरु पनि छन् । खेलकुदमा समेत रुची राख्ने यादव अहिले एक शिक्षक पनि हुनुहुन्छ । केही वर्ष पहिले अरुको घरको रंग लगाएर आफ्नो जीविका चलाएका यादव अहिले आर्टस् अर्थात हिमालको चित्र कोेरेर आफूलाई आर्टिस्टको रुपमा स्थापित गर्दै हुनुहुन्छ ।


यादवले हिमाल, पहाड, चौंरी लगायत अन्य जवानहरुको चित्र कोर्नुहुन्छ । यादवले कोरेका चित्रहरुले धैरैको मनमोहित बनाउँछ । हाम्रो आर्टस्को माग अन्तराष्ट्रिय बजारमा राम्रो छ । अहिले पनि यादवले आफूले कोरेका हिमाल र पहाडका चित्रहरु विदेशमा समेत बेच्नुभएको छ । यादव भन्नुहुन्छ, “दिनभरी अन्य काम गर्छु । राती आर्टस्को काम गर्छु । हिमाल र चौंरीको चित्र कोर्दाकोर्दै रातीको १२ बजेको पत्तो पाउँदिन । किनकी हिमालको चित्र कोर्नु मेरो प्यासन हो जसले मलाई सधैं जागुरुक बनाउँछ र मलाई आनन्दीत महसुस गराउँछ ।”


यादवको जीवनको लक्ष्य भनेकै विद्यालयमा पढाउने, विशेषगरी बालबालिकाहरुको बीचमा सेवा गर्ने छ । आर्टस्लाई आफ्नो जीवनको मुख्य पेसा बनाउने छ । आर्टस्मा काम गर्दा अर्थ चित्र र्कोदा आफूलाई निकै आनन्दित महसुस हुने उहाँ बताउनुहुन्छ । यादव भन्नुहुन्छ, “पहिले सुरुमा कोरिएका तस्बिरहरु त्यति धेरै बिक्री हुँदैनथे । अहिले मानिसहहरुले यसको महत्व बुझेका छन् । मैले पनि आफ्नो कलालाई थप राम्रो बनाएको छु । आशा छ भविष्यमा अझै राम्रो हुँदै जानेछ ।


ललितपुरमा बस्दै आएका मन्ट अहिर यादवको परिवारमा हाल श्रीमती रुजिता र दुई छोरा छन् । पहिलो छोरा माईकल कक्षा ४ कक्षामा अध्ययनरत छन् भने दोस्रो छोरा मनिक युकेजीमा अध्ययरत छन् । दुबै छोराको पढाई राम्रो रहेको उहाँ बताउनुहुन्छ । परमेश्वरसँगको प्रार्थानासाथ मेहनत गर्न रुचाउने उहाँ अरुलाई पनि मेहनत गर्न उत्साह दिनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button