आर्थिक बृद्धिको लागि पारिवारिक व्यवसाय तालिम सम्पन्न

– गिर जोन (प्यूठान)
आसोज ३ ।। प्यूठानमा पारिवारिक व्यवसाय तालिम सम्पन्न भएको छ । परिवारका सदस्यहरु मिलेर परिवारलाई आम्दानिमा जोडी व्यवसायलाई वृद्धि गर्ने लक्ष्य सहित २०७९ साल चैत्र महिनामा सुरु गरिएको तालिम आज बुधवार प्यूठानको बिजुवारमा सम्पन्न गरिएको छ ।


कम नेपालको आयोजनामा र कम ईन्टरनेस्सर, स्वीच हाउस को सहकार्यमा सञ्चालन भएको तालिमको सुरुवातमा ४२ जना विद्यार्थीहरु सहभागी रहेका थिए ।


जसमध्ये बाट २५ जन विद्यार्थी मात्र तालीम पूरा गरेर दिक्षान्तित हुनुभएको छ । तालिममा प्रशिक्षक तथा सहजकर्ता कम नेपाल लुम्बिनी प्रदेश संयोजक डा.हरिप्रसाद रेग्मी (जोएल) ले गर्नु भएको थियो ।


तालिममा सहभागी विद्यार्थीहरुले तालिम प्रभावकारी रहेको बताउँदै व्यवसायलाई वृद्धि गर्न थप उर्जा दिएको बताएका छन । तालिम पूरा गरेको विद्यार्थीहरुलाई कम ईन्टरनेसनलबाट प्रमाणपत्र प्रदान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button