आलेपटाप इन्टरनेशनल सेमेनारीबाट ३८ जना दिक्षीत
जेठ २५ (२०८०) काठमाण्डौँ
आलेपटाप इन्टरनेशनल सेमेनारी अफ द हिमालयन रिजिन्जसमा अध्ययनरत ३८ जना दिक्षान्तित हुनुभएको छ ।
आज काठमाण्डौँमा एक कार्यक्रममा आयोजना गरी आलेपटाम इन्टरनेशनल सेमेनारीले पहिलो दीक्षित समारोहबाट ३८ जनालाई दिक्षान्तित गरेको हो ।
जि.पि.टाम बाइबल कलेज कोरीयाबाट स्वीकृत पाएको आलेपटाप इन्टरनेशनल सेमेनारीबाट डि.मिन ३० जना, एम डिप २ जना र पि.एचडीबाट ६ जाना दीक्षित हुनुभएको छ ।
आलेपटाप इन्टरनेशनल सेमेनारीका प्रिन्सिपल डा. आर. पि लामाले भन्नुभयो, ‘सन् २००९ बाट अध्ययन सुरु भएर हाल दिक्षान्ति भएको यो पहिलो सुमुह हो । मुख्यगरी दिक्षान्ति हुनको लागि धेरै समय लाग्नुको कारण यस संस्थाको मुख्य संस्थापक स्वर्गीय विसप. डा. जर्ज पाएर्सको निधन भएको कारण पनि एक हो ।’
बाइबलीय ज्ञानलाई अझै फराकिलो बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट सञ्चालित यो बाइबल स्कुलमा नेपालको विभिन्न जिल्लाबाट हाल ३० जनाले विभिन्न कोर्ष अध्ययन गरिरहनुभएको छ ।
प्रिन्सिपल डा. रा.पि लामाले अनलाइन माध्यमबाट अध्ययन गर्न मिल्ने भएका कारण यस अनलाईन बाइबल स्कुलमा योग्यता पुगेको जोकोही पनि जोडिन सक्ने जानकारी दिनुभयो ।