इङ्ग्ल्याण्डको चर्चले स्थिगित ग¥यो सुरक्षा सुधार प्रणाली

यस हप्ताको आफ्नो महासभामा, इङ्ग्ल्याण्डको चर्चले “चर्चको संस्कृति र सुरक्षासम्बन्धी दृष्टिकोण परिवर्तन गर्ने महत्वपूर्ण क्षण” को रूपमा वर्णन गरिएको मुद्दा सामना गर्यो, जसलाई एक सांसदले उठाएका थिए।
पार्लियामेंट भवनबाट केही मिनेटको दूरीमा रहेको वेस्टमिन्स्टरमा भेला भएको चर्चको शासकीय निकायलाई, डायोसेसहरू र क्याथेड्रलहरूमा दुर्व्यवहारको प्रतिक्रिया व्यवस्थापनलाई एक नयाँ स्वतन्त्र निकायमा हस्तान्तरण गर्ने प्रस्तावमाथि मतदान गर्ने अवसर दिइएको थियो।
दुर्व्यवहार पीडितहरू र केही बिशपहरूले यस प्रस्तावको समर्थन गरे, र चर्चमा भएका दुर्व्यवहार सम्बन्धी निरन्तर खुलासापछि विश्वास पुनर्स्थापित गर्न नयाँ प्रणाली आवश्यक रहेको तर्क गरे।
लन्डनका पादरी रोबर्ट थोम्पसनले भने, “हामीले संसद र सर्वसाधारणलाई स्पष्ट सन्देश दिन आवश्यक छ कि हामी परिवर्तनप्रति गम्भीर छौं।”
तर अन्ततः, सदस्यहरूले प्रस्ताव पारित गर्न विलम्ब गर्ने निर्णय गरे, किनभने चर्च बाहिर यो काम सार्नका लागि आवश्यक कानुनी र व्यावहारिक पक्षमा अझ धेरै काम गर्नुपर्ने निष्कर्ष निकालियो।
“पीडितहरू निराश छन्,” दुर्व्यवहार पीडितहरूको पैरवी गर्ने संगठन Survivors Voices की सहसंस्थापक जेन चेभसले लेखिन्। “हामीलाई फेरि चर्चले धोका दिएको महसुस भएको छ। हामीलाई सुन्ने आशा थियो, तर फेरि विश्वास तोडियो।”
यो मतदान त्यस्तो समयमा भयो जब इङ्ग्ल्याण्डको चर्च दुर्व्यवहारसम्बन्धी काण्ड र शंकामा फँसिरहेको छ।
सन् २०२४ को नोभेम्बर महिनामा आएको एक विस्फोटक रिपोर्टले इभान्जेलिकल प्रचारक जोन स्माइथद्वारा गरिएका दशकौँ पुराना दुर्व्यवहार तथा त्यसलाई ढाकछोप गर्ने घटनाहरू उजागर गर्यो। यस काण्डले अन्ततः आर्चबिशप अफ क्यान्टरबरीको राजीनामासम्मको अवस्था ल्यायो।
यसैबीच, चर्चका अन्य उच्च-प्रोफाइल घटनाहरूले पनि चिन्ता बढाए। ब्ल्याकबर्न क्याथेड्रलमा भएको एक बीबीसी अनुसन्धानले देखायो कि चर्चले बालबालिका र युवाहरूका लागि जोखिम मानिएको एक पादरीलाई हटाउन छ-अंकीय रकम तिरेको थियो। यस्तै, १९८० को दशकमा यौन दुव्र्यवहारका कारण प्रतिबन्ध लगाइएका एक भिक्षु पुनः सेवा गर्न पाएको खुलासा भयो।
यूकेको मुख्य टेलिभिजन स्टेशन Channel 4 ले पनि चर्चमा भएका यौन दुर्व्यवहारसम्बन्धी शृंखलाबद्ध अनुसन्धान रिपोर्टहरू प्रशारण गरिरहेको छ। गएको महिनामात्र, लिभरपुलका बिशप यौन उत्पीडन तथा दुर्व्यवहारको आरोपका कारण राजीनामा दिन बाध्य भए, जसलाई उनले अस्वीकार गरेका छन्।
यूकेमा सुरक्षा (Safeguarding) भन्ने शब्द सार्वजनिक, परोपकारी, र धार्मिक संस्थाहरूमा व्यापक रूपमा प्रयोग हुन्छ, जसले दुव्र्यवहारमा परेको वा जोखिममा रहेका बालबालिका र कमजोर वयस्कहरूको संरक्षण र समर्थनलाई जनाउँछ।
इङ्ग्ल्याण्डको चर्चले पनि सुरक्षा लाई “जोखिम कम गर्ने तरिकाले काम गर्ने” भनेर परिभाषित गरेको छ। चर्चले दुर्व्यवहार रोकथाम तथा त्यसको प्रतिक्रिया दिनका लागि स्रोतहरू विस्तार गरेको छ। प्रत्येक पेरिशमा सुरक्षा अधिकृत अनिवार्य गर्नुपर्ने र प्रत्येक डायोसेसमा व्यावसायिक सुरक्षा कर्मचारी नियुक्त गर्नुपर्ने नीति ल्याइएको छ।
बुधबारको मतदानले डायोसेस र क्याथेड्रलका सुरक्षासम्बन्धी कर्मचारीहरूलाई स्वतन्त्र निकाय अन्तर्गत ल्याउने प्रस्ताव अस्वीकार गर्यो, तर चर्चको National Safeguarding Team लाई बाह्य निकाय अन्तर्गत राख्ने निर्णय गरियो।
स्वास्थ्य र परोपकारी क्षेत्रका नेतृ लेस्ली-एन राइडर, जसले यो नयाँ मोडेलको प्रस्तावमा सह-अध्यक्षता गरेकी थिइन्, भनीन्, “हामीले यस्ता संरचनाहरू निर्माण गरेका छौं जसले मानिसहरूलाई भ्रममा पार्छ र शंका उत्पन्न गराउँछ।”
कतिपय मानिसहरू यस निर्णयले चर्चप्रति अझ गहिरो अविश्वास निम्त्याउने डर व्यक्त गर्छन्, भने अरूले यो नयाँ प्रणाली अन्य परोपकारी संस्थाहरूमा कहिल्यै परीक्षण नभएकाले कार्यान्वयन कठिन हुनसक्ने आशंका गरेका छन्।
मतदानअघि, १०० भन्दा बढी सुरक्षा अधिकृतहरूले एउटा पत्र लेख्दै भनेका थिए कि यो मोडेल “स्वाभाविक रूपमा कम सुरक्षित” हुनसक्छ किनभने यसले “सूचना र सहकार्यमा थप अवरोधहरू सिर्जना गर्न सक्छ।”