इजरायलबाट सकुसल नेपाल पुगे २५४ नेपाली
असोज २६ (काठमाण्डौँ)
रोजगार तथा अध्ययनको लागि इजरायलमा रहेका २५४ जना नेपाली बुधबार राती काठमाण्डौँ पुगेका छन् ।
इजरायल र प्यालिस्टाइन बीच द्धन्द चर्किपछि नेपालीहरु सुरक्षाको लागि बुधबार स्वदेश फर्किएका हुन् ।
आफ्ना नागरिकको उद्दारका लागि लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
नेपालीहरुलाई उद्धार गरी नेपाल पु¥याएका परराष्ट्रमन्त्री एनपी खतिवडाले काठमाण्डौँमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकारले महत्वपूर्ण भूमिका खेलको बताउनुभएको छ ।
मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरुको उद्दारका लागि आवश्यका अनुसार विमान पठाउने समेत बताउनुभएको छ । मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उहाँले भन्नुभयो ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’