इटहरीमा सामाजिक शान्तिका लागि अन्तरधार्मिक भेला

असोज २१ इटहरी
अन्तरधार्मिक शान्ति महासंघ नेपाल, कोशी प्रदेशले धार्मिक सद्भावको लागि धार्मिक तथा सामाजिक क्षेत्रमा शान्ति निमार्णका लागि अन्तरधार्मिक भेला गरेको छ ।


नेपालमा पछिल्लो अवस्थामा धार्मिक सद्भाव खलबलिने जस्ता गतिविधि बढेका कारण अन्तरधार्मिक शान्ति महासंघले नेपालमा प्रचलित सबै धार्मिक समुदायका प्रतिनिधिहरुको सहभागितामा इटहरीमा भेला गरेको हो ।


नेपालको बहुधार्मिक, बहुभाषिक, बहुसंस्कार र बहुजातीय समुदायहरु संरचनात्मक रुपमा आपसमा मिलेर, एक अर्का बिच दुःख सुख साट्ने, एक अर्काको आस्था, विश्वास र खुशीमा रमाउने अभ्यासवाट शान्ति कायम राख्दै आएको अन्तर धार्मिक शान्ति महासंघले उल्लेख गरेको छ ।


भेलामा बुद्ध धर्म लामा धर्म डुम्जना, हिन्दुधर्म – राजेन्द्र प्रसाद ढकाल, किरात धर्मबाट फिपराज लिम्बु, इसाई धर्मबाट राज कुमार राई, स्वर्गिक धर्मबाट ओसन गई, जैन धर्मबाट विमल जैन, इश्लाम धर्मबाट मो. अली हसन नदवी,जहदा गोपी धर्मबाट.हन्ना सोरेन लगायतका धर्मगुरुहरु सहभागी हुनुभएको थियो ।


अन्तर धार्मिक शान्ति महासंघ नेपाल कोसी प्रदेशका अध्यक्ष सम्भु अधिकारीको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अथितिको रुपमा लेटाङ नगरपालिकाका बर्तमान नगरप्रमुख कुमार लावती रहनुभएको थियो ।


त्यसैगरी अतिथिहरुमा केराबारी गाउँ पालिका कि उपाध्यक्ष मन माया मगर, अन्तर धार्मिक शान्ति महासंघ मोरङ जिल्ला सदस्य हिमांशु राय लगायत विभिन्न धर्म बाट आमान्त्रीत धर्महरुका धर्म गुरुहरु रहनुभएको थियो ।


अन्तरधार्मिक अन्तरधार्मिक शान्ति महासंघ नेपाल कोसी प्रदेशले देशमा धार्मिक सद्भाव कायम राख्नको लागि जिम्मेवारी निकाय र स्थानीय जनप्रतिधिलाई सक्रिय रहन आग्रह गरेको छ । धरान लगायत देशका विभिन्न जिल्लामा भइरहेका सामाजिक तथा धार्मिक सद्भाव भट्काउने गतिविधि रोक्नको लागि पत्रकार शिक्षक र स्थानीय तथहका जनप्रतिनिधि समेत सक्रिय रहन आग्रह गरेको छ ।


इटहरीमा आयोजित भेलाले धार्मिक सद्भाव कायम राख्नको लागि ६ बुदेँ प्रतिवद्धता समेत जाहेर गरेको छ ।
१) नेपालको संविधान, सम्बन्धित ऐन कानुनको पालना तथा कार्यान्वयन गर्न र उत्पन्न विवाद, विमती व्यवस्थापनमा सरकारले तत्काल पहल गर्नु पर्ने ।
२) पालिकामा धार्मिक तथा सास्कृतिक एवं अन्य कारणबाट उत्पन्न हुन सक्ने टकराव, द्वन्दलाई स्थानिय सरकारको हैषियतले निरुत्साहित गर्न मध्यस्थताको भुमिका निर्वाह गर्दै केन्द्रिय सरकारसंग समन्वय गर्ने, मेलमिलापका लागि सहजिकरण गर्न दायित्व लिनु पर्ने ।
३) धार्मिक, सास्कृतिक, जातीय संघसंस्था एवं समुदायहरुले एक अर्काको धर्म, आस्था, विश्वासलाई सम्मान गर्दै एकअर्का बिच आघात पुग्ने गतिविधीहरु नगर्ने नगराउने र गर्नेहरुलाई निरुत्साहित गर्न भुमिका निर्वाह गर्नु पर्ने ।
४) सामाजिक संजाल उपयोगकर्ताहरुले कसैको धर्म, संस्कृति, संस्कार, भाषा एवं जातजातीगत क्षेत्रमा आघात पुग्ने, विवाद सृजना गर्ने, द्वन्दको अवस्था उत्पन्न गर्ने जस्ता सामाग्रीहरु नलेखौं, नपढौं र हानिकारक प्रतिकार्य स्वरुप प्रतिकृया दिने भन्दा पनि सहिष्णुता अपनाउने र संयमता कायम राख्ने अवस्था सृजना गरि भद्रताको परिचय प्रस्तुत गरौं ।
५) हामी सबै मिलेर विमती, बादविवाद, द्वन्द सृजना हुने गतिविधीलाई निरुत्साहित गर्दै विविधतामा एकता स्थापित गर्न सकृय बनौं ।
६) सबै पालिकाहरुले आ–आफ्नो पालिका भित्र शान्ति निर्माणका क्षेत्रमा मध्यस्थताको भुमिका निर्वाह गर्न पालिका मेलमिलाप केन्द्र वा सामाजिक विकास शाखा अन्तरगत रहने गरि “अन्तरधार्मिक . शान्ति समिति÷संजाल“ गठन तथा परिचालन गर्न आवश्यक निति÷निर्देशिका निमार्ण र कार्यान्वयन गरौं वा गर्न अनुरोध गरौं

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button