इसाई चलचित्र ‘छुटकारा’ आगामी पुष १७ गते पर्दशन हुदै
काठमाण्डौँ, २४ मंसिर ।। नेपाली इसाई चलचित्र ‘छुटकारा’ आगामी पुस १७ गते प्रर्दशनीमा आउने निर्माता समुहले जानकारी गराएको छ ।
परमेश्वरको बचनमा केन्द्रित रहेर निर्माण गरिएको ‘छुटकारा’ चलचित्र आगामी पुस १७ गते ललितपुरको ग्वार्खु स्थित हेब्जिबा हलमा पर्दशनी हुने भएको छ ।
ललितपुरको ग्वार्खु स्थित हेब्जिबा हलमा पुस १७ गते बिहाना ९ः४५ बजेदेखि चलत्रि पर्दशनी आउने चलत्रिका निर्माता तथा निर्देशक रोशन सेवकले बोलावट अनलाइनलाई जानकारी दिनुभयो ।
निर्माता रोशन सेवकले भन्नुभयो, ‘परमेश्वरको बचनमा केन्द्रित रहेर नेपाली इसाई समुदायलाई आत्मिक रुपमा जागृति बनाउने उद्देश्यकासाथ चलचित्र निर्माण गरेका छौँ । आशा छ, सबैले हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुनेछ । काठमाण्डौँमा प्रर्दशनी भएपछि हामी ‘छुटकारा’ चलचित्र नपालभरी र विदेशमा समेत प्रर्दशन हुनेछ ।
‘छुटकारा’ नाम इसाई चलत्रिको लेखन /निर्माता /निर्देशकरोशन सेवक, सगितकार सन्देश रुचाल, द्रोन्द निर्देशक राजु किरात, छायांकन रामेश्वर हुमगाइ, सुजत गौतम, नरेश अर्याल, एडिट अन्न्त घिमिरे,कलर राज क्षेत्री, ख्ँह अन्न्त घिमिरे,प्रोडसन डिजाइन राजु श्रेष्ठ रहनुभएको छ ।
चलचित्र निर्माण टिमले छुटकारा चलचित्रको टिकट दर रु ३०० तोकेको छ । निर्माण टिमको अनुसार ई–सेवा मार्फत पनि टिकट बुकिङ गर्न सकिनेछ ।