इसाई चलचित्र “छुटकारा” प्रेरणादायी बन्छ ः निर्देशक रोशन सेवक
काठमाण्डौं, १४ पुस ।। इसाई चलत्रित्र छुटकाराका निर्माता तथा निर्देशक रोशन सेवकले छुटकारा चलचित्रले सुसमाचार र आत्मिक क्षेत्रमा ठूलो योगदान पु¥याउनुको साथै प्रेरणादायी बन्न सक्ने बताउनुभएको छ ।
निर्माता तथा निर्देशक रोशन शेवकलले ललितपुरमा प्रदर्शनमा आउँन लागेको छुटकारा चलचित्रबारे पत्रकार सम्मेलन गरी चलचित्र इसाई समुदायको लागि प्रेरणादायी बन्न सक्ने बताउनु भएको हो ।
निर्देशक रोशन सेवकले भन्नुभयो,“हामीले ठूलो मेहनतकासाथ चलचित्र निर्माण गरेका छौँ । दर्शकहरुको साथ र सर्पोट पाउनेछौँ भन्ने आशा छ । यहि आउने १७ गते ललितपुर ग्वार्खु स्थित हेब्जिवा हलमा १ बजेदेखि चलचित्र रिलिज हुँदैछ । हजुरहरले हेरेर सल्लाह सुझाव र प्रतिक्रिया समेत दिनुहोला ।”