इसाई चलचित्र “छुट्कारा”को टिकेट बुकिङ खुल्ला
काठमाण्डौँ, २६ मंसिर ।। नेपाल कथानक चलचित्र “छुटकारा” को टिकट बुकिङ खुल्ला भएको निर्माता टिमले जानकारी दिएको छ ।
आगामी पुस १७ गते बिहान ९ः४५ बजदेखि हेब्जिबा हल ललितपुरमा प्रर्दशनीमा हुने भएकाले निर्माता टिमले अग्रिम टिकेट बुकिङ खुल्ला गरेको छ ।
नेपाली इसाई समुदायलाई आत्मिक रुपमा जागृत बनाउने उद्देश्यकासाथ निर्माण गरिएको यस चलत्रिका निर्माता तथा निर्देशक रोशन सेवक हुनुहुन्छ । ईसेवा मार्फत टिकेट बुकिङ गर्न सकिने निर्माता टिमले जनाएको छ ।