इसाई समाज जापानद्वारा एक दिने जागृति सम्मेलन

भदौ १३, जापान
नेपाली इसाई समाज जापानले एक दिने जागृति सम्मेलन आयोजना गरी सम्पन्न गरेको छ ।

रोजगार तथा उच्च शिक्षा अध्ययनको लागि जापानमा रहेका नेपाली इसाईहरुको आत्मिक जागृति र एक अर्कासँग भेटघाट गरी उत्साह साट्ने उद्देश्यले अगष्ट २६ तारिक शनिबार आयोजना गरिएको हो ।


टोकियो लाइट हाउस चर्चमा शनिबार आयोजित जागृति सम्मेलनमा उत्साह नेपाली चर्च जापान, टोकियो नेपाली चर्च, चिबा नेपाली चर्च,तोचिगी नेपाली चर्च, खावागोए हिकारी नेपाली चर्च,नोगाया नेपाली चर्च, कोबे नेपाली चर्च, ओसाका नेपाली चर्च, टोकियो विलिभर्स चर्च, सेन्हाई नेपाली फेलोसिप चर्च लगायतका चर्चबाट १२० जना भन्दा बढि संख्यामा सम्मेलनमा सहभागी हनुभएको थियो ।


नेपाली इसाई समाज जापानले आयोजना गरेको आत्मिक जागृति सम्मेलनमा प्रमुख बक्ताको रुपमा विसप नारायण शर्मा रहनुभएको थियो । सम्मेलनमा परमेश्वरको बचन संगै व्यक्तित्वकला लगायत गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो । जागृति सम्मेलनमा नेपाली इसाई समाज जापानका उपाध्यक्ष राजु लामाले नेपाली इसाई समाज जापानको विषयमा बिगत र आगामी कार्ययोजनाको बारेमा जानकारी दिनुभएको थियो ।


कसरी सुरु भयो नेपाली इसाई समाज जापान ?
रोजगार तथा उच्च शिक्षा अध्ययनका लागि धेरै नेपालीहरु जापान पुगेपछि जापानमा नेपाली भाषाको संगतिको आवश्यकता महसुस् भयो । यसैक्रममा जापानको राजधानी टोकियोमा पास्टर चन्द्र किरण खपाङ्गी र उहाँको परिवाले संगति सुरु गर्नुभयो । त्यहि संगति नै सन् २०१४ मा जापानको पहिलो चर्च, नेपाली उत्साह चर्च जापानको रुपमा स्थापित भएको थियो ।


जापानको टोकियो उत्साह नेपाली चर्च स्थापना भएपछि रोजगार तथा उच्च शिक्षा अध्ययनका लागि जापानको टोकियोमा रहेका नेपाली भाषाी इसाईहरुलाई नेपाली संगतिको लागि सहज भयो । र धेरै जना संगतिमा जोडिदै जानुभयो । अहिले जापानको विभिन्न प्रान्तमा १५ भन्दा बढि नेपाली चर्चहरु स्थापना भइसकेका छन् ।


नेपाली भाषी मण्डलीहरु बृद्धि हुदै गएपछि जापानमा रहेका नेपाली भाषी इसाईहरुलाई आत्मिक रुपमा जागृत बनाउन र उत्साह दिनको लागि उत्साह नेपाली चर्च जापानका संस्थापक पास्टर चन्द्र किरण खपाङ्गीको संयोजकत्वमा सन् २०१६ मा नेपाली इसाई समाज जापानको स्थापना भयो ।


पास्टर चन्द्रकिरण खपाङ्गी संस्थापक अध्यक्ष रहेको नेपाली इसाई समाज जापानको दोस्रो कार्याकाल एल्डर सुर्य राई र तेस्रो कार्यकाल एल्डर विजय सुनारले अध्यक्षको रुपमा रहेर परमेश्वरको काम गर्नुभएको छ । नेपाली इसाई समाज जापानको अध्यक्षको रुपमा एल्डर सागर विष्ट रहनुभएको छ ।


जापानमा अफिसको काम, अध्ययन लगायत अन्य विभिन्न कारण आत्मिक जागृति लगायत अन्य विभिन्न कार्यक्रमहरुको आयोजनाको लागि महिनौँ पहिलेदेखि नै विदाको दिन पारेर तयारी गर्नुपर्ने इसाई समाज जापानका उपाध्यक्ष राजु लामा बताउनुहुन्छ । जापानमा नेपालीहरुको व्यस्थ जीवनयापन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button