इसाई समुदाय दाङको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दिपक पुन
भदौ २३ ।। इसाई समुदाय दाङको साधारण सभा तथा अधिबेशन २०८१ आईतवार अय्यालोन ए.जी मण्डली तुलसीपुरमा सम्पनन्न भएको छ ।


हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ ।तपाईको विश्वस्तता महान छ भन्ने पबित्र धर्मशास्त्र बाईबलको (विलाप ३ः२३) को वचन शिर्षक संगै इसाई समुदाय दाङको साधारण सभा तथा अधिबेशन २०८१ भएको हो ।
इसाई समुदाय दाङका सचिव सुभास नेपालीको सन्चालनमा शुरु भएको कार्यक्रम नेपालको राष्ट्रिय गितद्वारा शुरु गरिएको थियो ।


इसाई समुदाय दाङका अध्यक्ष, तथा सामुदायिक रेडियो भरोसा एफएम १०४.९मेगाहर्जका अध्यक्ष साथै बलिदान एजि मण्डली गोग्लीका पास्टर सन्त बहादुर घर्तीको सभाअध्यक्ष रहेको कार्यक्रममा इसाई समुदाय दाङका सल्लाहकार साथै पुर्व अध्यक्ष तथा प्रतापी चर्चका बरिस्ठ पास्टर नर बहादुर शाह कार्यक्रमका प्रमुख अतिथि रहनुभएको कार्यक्रम शाहले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो भने उहाँले विभिन्न संघसस्था संसारका हरेक बस्तु टलेर जान्छन तर मण्डली कहिल्यै नटल्ने बताउदै हामिले कस्तो प्रकारको सेवा गर्दैछौ त्यो सोच्नुपर्ने र हामी प्रमेस्वरको असल आग्यालाई आत्मसात गर्नुपर्ने बताउदै भजन १३३ लाई वचन पढेर आफ्नो मन्तव्य राख्नुभएको थियो ।


इसाई समुदाय दाङका अध्यक्ष, तथा सामुदायिक रेडियो भरोसा एफएम १०४.९मेगाहर्जका अध्यक्ष साथै बलिदान एजि मण्डली गोग्लीका पास्टर साथै कार्यक्रमका सभा अध्यक्ष सन्त बहादुर घर्तीले इसाई समुदाय दाङ संस्थाको प्रतिबेदन सुनाउदै दाङ जिल्लाको मण्डली इतिहासको संक्षिप्त जानकारी दिनुभएको थियो।उहाले इसाईहरु बुद्दिजिबि भन्दापनी बुद्दिमानी पुर्वक भएर अगाडि बढ्नुपर्ने बताउदै भर्खरै मात्र भरोसा एफएम ख्रीस्टियन समुदायका लागि मुखपत्र को रुपमा स्थापित भएको पनि बताउनुभएको थियो । जहाँ दर्शन छैन त्यहा मानिस भाडिन्छन भन्ने वचन बताउदै इसाई समुदाय दाङ दर्शन बोकेको सस्था भएको र ब्यक्तिलाई नभएर मण्डलीलाई उचाल्नुपर्ने, कुनैपनी क्रियाकलाप गर्दा मण्डलीको हितमा हुनुपर्ने बताउनु भयो । घर्तीले संसारका सस्था नरहन सक्छन तर मण्डली रहिरहने पनि सभामा बताउनुभएको थियो ।


सुभास नेपालीले प्रतिबेदन सुनाउदै गत आर्थीक बर्षमा समस्यामा परेका बिभिन्न १० जना प्रभुका दासहरुलाई साह्यता गरीएको, बिपत ब्यबस्थापन अन्तर्गत जाजरकोट भूकम्प पिडित,देउखुरीमा बाढी पीडित,बङ्गला चुलीमा आगलागी पीडित र तुलसिपुरमा एक घरमा आगलागी पीडितलाई नेपाल इसाई समुदायले सहायता पठाएको बताउनु भएको थियो । भने इसाई समुदायका सह–कोसाध्यक्ष सन्देश शाहले बार्षिक आर्थिक प्रतिबेदन पेश गर्दै जम्मा आम्दानी ५लाख त्रीयानब्बे हजार ५ सय १४ र खर्च विवरण तीन लाख ७५ हजार ६४ रुपैयाँ रहेको र खातामा २ लाख १८हजार ४ सय ५० रहेको बताउनुभएको थियो ।
कार्यक्रमको बिशिस्ट अतिथी साथै निर्वाचन अधिकृतहरुमा संयोजक अययोलन एजि तुलसिपुरका बरिस्ठ पास्टर सालिकराम साहु,पास्टर लिलबहादुर घर्ती,पास्टर जंग बहादुर चौधरी,राम बहादुर पुन मगर,खिम बहादुर बुढाथोकी,बिबि कुशुम रहनुभएको थियो।


कुरु नेपालका राष्ट्रिय संयोजक मिलन रोकायले मन्तव्य दिदै मण्डली भनेको परमेस्वरको अनुभव प्राप्त गर्ने ठाउँ भएको बताउदै संसारामा ७५ हजारभन्दा बढी अगुवापन सम्बन्धि किताब छापिएतापनी अगुवापन हृदयबाट शुरु हुने भएको बताउदै पास्टरहरुले मुखले जस्तो कुरा बोल्यो व्यबहारले अर्को कुरा नगर्ने बताउनुभयो।
कार्यक्रममा दशै पालिकाकाका इसाई समुदायका अध्यक्षहरु,जवान तथा दिदिबहिनी अध्यक्षहरु र सामुदायिक रेडियो भरोसा एफएम १०४.९ मेगाहर्जका स्टेसन म्यानेजर दिपक पुन लगाएतको उपस्थिति रहेको थियो ।


स्वागत मन्तव्य– इसाई समुदाय दाङका उपाध्यक्ष तथा प्रतापी मण्डली घोराहिका पास्टर उदय स्वर्णकारले दिनुहुदै इसाई समुदाय दाङले नेपाल बाईबल सोसाइटीमा दाङबाट प्रतिनिधि पठाइएको पनि बताउनुभएको थियो।
अनन्त झरी मण्डलीका पास्टर जीवन गुरुङले मन्तव्य राख्दै गर्दा कार्यक्रम मानिसलाई उचाल्न नभएर मण्डलीलाई अर्थात परमेस्वरलाई उचाल्न नयाँ कार्यसमिति चयन बताउनु भएको थियो। अन्तमा इसाई समुदाय दाङका अध्यक्ष सन्त बहादुर घर्तीले हामी सबैको जिवित प्रमेस्वरलाई धन्यवाद दिदै २०५७ सालतिर दाङ भ्याली इसाई समुदायलाई परिमार्जन गरेर इसाई समुदाय दाङ स्थापित गरेको बताउनुहुदै आफ्नो कार्यकालमा इसाई समुदायलाई सहयोग गर्नुहुने सम्पुर्ण मण्डली परिवार दिदिबहिनी,जवान पालिकाका अध्यक्ष लगायतलाई धन्यवाद दिनुभयो आगामी दिनमा पनि सबै मिलेर परमप्रभुको सेवा गर्नुपर्ने बताउनुहुदै कोहि मानिस आशीष लिएर आउछन त कोहि मानिस पाठ लिएर आउने बताउदै १ रुपैया पनि नलिएर शुरु गरेको सस्था अहिले लाखौं जम्मा भएको बताउनु भएको थियो,अध्यक्ष र सचिबले गरेका संघर्षका बिगतका ती क्षणहरु सम्झदै घर्ती भाबुक बन्नुभएको थियो ।

आफ्नो कार्यकालमा सकेजती इसाई समुदायको काम गरेको बताउदै उहाँले अब आउने कार्यसमितिले अझै राम्रो काम गर्दै जानेछ भन्ने अपेक्षा पनि राख्नुभएको थियो । पुरानो कार्यससमिति विघटन भएको घोषणा गर्दै इसाई मण्डलीका सचिवालयका समितिलाई हस्तान्तरण गर्नु भएको थियो र बन्द सत्र शुरु भएको थियो ।
बन्द सत्र कार्यक्रमबाट सबैको सहमतीमा नयाँ कार्यसमिति पनि चयन गरिएको छ । जस्मा ईसाई समुदाय दाङ नब निर्वाचितहरु
अध्यक्ष ः पा जीवन गुरुङ – घोराही
उपाध्यक्षः नेब बहादुर बि क – शान्तिनगर
सचिवः सुनिल मगर लमही
कोषाध्यक्षः जि एल नेपाली तुलसीपुर
स सचिव ः दिलीप ताम्राकार घोराही
स कोषाध्यक्ष ः शक्ति घर्ती चयन हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button