उत्साह नेपाली चर्च जापानले मनायो १० औँ वार्षिकोत्सव

काठमाण्डौँ / साउन २८ /२०८१
जापानको टोकियोमा स्थापित उत्साह नेपाली चर्चले आफ्नो स्थापनाकालको १० औँ वार्षिकोत्सव मनाएको छ । सन् २०१४ अगस्टमा स्थापना भएको उत्साह नेपाली चर्चले हिजो आइतबार जापानको टोकियोमा एक विशेष कार्यक्रमको आयोजना गरी १० औँ वार्षिकोत्सव मनाएको हो ।


उत्साह नेपाली चर्चको वार्षिकोत्सव कार्यक्रममा जापानमा स्थापना भएका अन्य नेपाली चर्चका पास्टर, अगुवा लगायत अन्य सदस्यहरु समेत उपस्थित रहनुभएको जनाइएको छ । त्यसको साथै जापानका केही स्थानीय चर्चका पास्टर अगुवाज्यूहरु, फिलिपिन्स, पाकिस्तान, कोरियन चर्चबाट पास्टर अगुवाहरुको सहभागिता रहेको उत्साह नेपाली चर्च जापानका सदस्य जेम्स रानाले जानकारी दिनुभयो ।


चर्चको १० औँ वार्षिकोत्सव कार्यक्रम वक्ताको रुपमा नेपालबाट पास्टर तिर्थ राई रहनुभएको थियो । वक्ता पास्टर तिर्थ राईले परमेश्वरको बचनबाट मण्डलीलाई उत्साह दिनुभएको थियो । उत्साह नेपाली चर्चले १० औँ वार्षिकोत्सवको अवसरमा जापानमा नेपाली मण्डली स्थापनादेखि हालसम्मको भिडियो डकुमेन्ट्री निर्माण गरेर प्रस्तुत गरेको थियो ।


उत्साह नेपाली चर्च जापान नेपाली इसाईहरुले सुरु गरेको पहिलो नेपाली चर्च हो । उत्साह नेपाली चर्चका संस्थापक पास्टर किरण खपाङ्गी हुनुहुन्छ । पास्टर किरण खपाङ्गीले हालसम्म पनि उत्साह नेपाली चर्चमा पास्टरीयरुपमा सेवकाई गरिरहनुभएको छ । जापानमा बढ्दो नेपालीहरुको सहभागिताले हाल जापानमा अन्य नेपाली चर्चहरु पनि स्थापना भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button