उत्साह नेपाली चर्च जापानको ९ वर्ष फलदायी, अब दसौं वर्षमा प्रवेश
भदौ २७ ।। उत्साह नेपाली चर्च टोक्यो जापानले आफ्नो स्थापनकालको ९ वर्ष पूरा गरेको छ । सन् २०१४ मा स्थापना भएको उत्साह नेपाली चर्च टोक्यो जापानले गत आइतबार जापानको राजधानी टोक्यो, कामतामा ९ औँ वार्षिकोत्सव मनाएको हो ।
सन् २००९ मा रोजगारीको लागि नेपालबाट जापान पुगेका पास्टर चन्द्रकिनरण खपाङ्गी जापान पुग्दा जापानमा कुनै पनि नेपाली चर्च थिएन । केहि नेपालीहरुले परमेश्वरमा विश्वास गरेपनि उहाँहरु जापानिज, अंग्रेजी लगायत अन्य सेवा संगतिमा जानुहुन्थ्यो ।
पास्टर चन्द्रकिरण खपाङ्गीलाई सन् २०११ बाट नेपालीहरुको बीचमा सेवा गर्ने बोलावट भएपछि उहाँले सुसमाचारको यात्रा थालनी गर्नुभयो । सुसमाचार सुनाउनेक्रममा केहि व्यक्तिले परमेश्वरमा विश्वास गर्नुभई ग्रहण पनि गर्नुभयो । रोजगारको लागि जापान पुगेका चन्द्रकिरण खपाङ्गी समयको अभावको बावजुत पनि सुसमाचार सुनाउन पछि पर्नुभएन । अन्तत सन् २०१४ बाट आफ्नो कोठाबाट सुरु गर्नुभयो पहिलो उत्साह नेपाली चर्च जापान ।
पास्टर चन्द्रकिरण खपाङ्गी र उहाँको श्रीमती बिमला राना लगायत केहि व्यक्तिहरुबाट उत्साह नेपाली चर्च जापान सुरुभयो । अहिले मण्डली स्थापना भएको ९ वर्ष वित्यो । हाल उत्साह नेपाली चर्चमा करिब ८० भन्दा बढि सदस्यहरु हुनुहुन्छ । मण्डली बृद्धि भएपछि संगतिको गर्ने ठाउँको अभाव झेल्नु परेको अनुभव सुनाउँनुहुन्छ चर्चका एक सदस्य जेम्स राना ।
मण्डलीका सदस्यरु बृद्धि हुनेक्रममा पास्टर चन्द्रकिरणको कोठा पनि साँगुरो भयो, संगति गर्दै गरेका रेष्टुरेण्डपनि साँगुरा भए । अहिले उत्साह नेपाली चर्चले भाडा तिर्नेगरी आफ्नै भवन सेवासंगति लगायत मण्डलीका अन्य गतिविधिको लागि प्रयोग गरेको छ । पास्टर चन्द्रकिरण खपाङ्गी पूर्णरुपमा पास्टरीय सेवकाई गर्दैहुनुहुन्छ ।
हाल उत्साह नेपाली चर्च जापानमा आइताबार शाप्ताहिक संगति हुन्छ भने अन्य वालसंगति, घरिलो संगति र बाइबल तालिमहरु निरन्तर भइरहेका छन् । मण्डलीले ख्रीष्टमस, इष्टर लगायतको समयमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्नेगर्छ । मण्डलीको आत्मिक जागृतिको लागि कहिलेकाँहि सेमिनारको पनि मण्डलीले आयोजना गर्ने गरेको छ । मण्डलीमा पास्टर चन्द्रकिरण हनुहुन्छ भने तीन जना डिकन र दुई जना एल्डर हुनुहुन्छ । सबैलाई सेवामा आआफ्नो जिम्मेवारी प्रदान गरिएको छ ।
उत्साह नेपाली चर्च ९ वर्ष पुगेको अवसरमा मण्डलीका सदस्यहरुले खुसी मनाउँदै प्रार्थना सहित केक समेत काटिएको छ । वार्षिकोत्सवको अवसरमा मण्डलीका सदस्यहरुले गीत, कबिता लगायत नृत्य प्रस्तुत गर्नुभएको थियो । समयको अभावमा पनि मण्डलीका विभिन्न कार्यहरुको लागि समय उपलब्ध गराउँने दुईजना व्यक्तिलाई कदरपत्र सहित सम्मान समेत गरिएको छ । नेपालबाट रोजगारीको लागि जापान पुग्ने नेपालीहरुको संख्या बृद्धि भएपछि मण्डलीपनि बृद्धि हुँदै गइरहेको छ । उत्साह नेपाली चर्च जापान पछि अन्य नेपाली चर्चहरु पनि जापामा स्थापना भएका छन् ।
उत्साह नेपाली चर्चले आफ्रनो स्थापनाकालदेखि अहिलेसम्म नेपालमा धेरै सहयोग समेत गरेको छ । जापानमा आइपरेका विभिन्न बिपतमा पनि मण्डलीले सहयोग गर्ने गरेको छ । त्यसैगरी नेपालमा आइका विभिन्न प्रकोपमा पनि उत्साह नेपाली चर्चले सक्दो सहयोग गर्दै आएको छ । मण्डलीको ९ औ वार्षिकोत्सवको अवसरमा विशेष अतिथिको रुपमा तथा वक्ता पास्टर रुसेल बोर्ड हुनुुहुन्थ्यो । उहाँ आईपीएचसी विश्व मिसनमा महाद्वीपीय एशियाका लागि निर्देशक पनि हुनुहुन्छ ।