उपत्यकामा बाढीको कारण ३२ भन्दा बढी चर्चमा क्षति पुगेको अनुमान

काठमाण्डौँ, १८ असोज ।। गत हप्ता शनिबार आएको बाढीको कारण काठमाण्डौँ उपत्यकाको बागमती नदी किनारामा रहेका चर्चहरुमा क्षति पुगेको छ । ललितपुरको टिकाभैरव हुँदै बग्ने नख्खु खोला छेउछाउमा रहेका चर्चहरुमा ठूलो क्षति भएको छ ।


ललितपुरको नख्खु कोला छेउमा रहेका १० भन्दा बढी चर्चहरु बाढीले पूर्णरुपमा क्षति गरेको छ भने अन्य चर्चहरुमा सामान्य क्षति भएको छ । चर्चभित्र रहेका आराधानासामाग्री लगायत अन्य सरसमानहरुमा क्षति पुगेको छ ।
बाढीको कारण चर्चमा ठूलो क्षति भएपछि शनिबारको सेवा कहाँ गर्ने भन्ने विषयमा क्षतिग्रस्त रहेका चर्चका पास्टर अगुवाहरु चिन्तमा रहनुभएको छ ।


बाढीको समयमा उदारकार्यमा खटीनुभएका असोक लामाका अनुसार ३२ भन्दा बढी चर्चमा क्षति भएको अनुमान गरिएको छ । उदाकार्यमा खटिएका असोक लामाले भन्नुभयो, “बाढी आएको दिनदेखि उदारकार्यमा खटिएको छु, ललितुरको नख्खु खोला छेउमा रहेका करिब ३२ भन्दा बढी चर्चहरुमा क्षति भएको अनुमान गर्न सकिन्छ । यति नै चर्च भनेर तथ्याङ्क संकलन भने गरिएको छैन ।”


बाढीले चर्च भवनमा क्षति पुर्याएपछि शनिबारको संगतिको लागि मण्डलीहरु कहाँ सेवा गर्ने भन्ने विषयमा अन्यवल अवस्थामा रहेका छन् । बाढीको कारण क्षति भएका चर्चहरुका पास्टर अगुवाहरुले आफ्नो निम्ति प्रार्थना गरिदिनसमेत आह्वान गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button