उपत्यकाव्यापी इस्टर महोत्सव यस वर्ष भक्तपुरमा

काठमाण्डौं, ४ बैशाख ।। हरेक वर्षमा आयोजना गरिने उपत्यकाब्यापी इस्टर महोत्सव यस वर्ष काठमाण्डौं उपत्यकाको भक्तपुर थिमीस्थित चारदोबाटोमा आयोजना हुने भएको छ ।
आज उपत्यकाब्यपाी इस्टर महोत्सव आयोजक समितिले ललितपुरमा पत्रकार सम्मेलन गरी इस्टर महोत्सवको तयारी लगभग पूरा भएको जानकारी दिएको छ ।
आयोजक समितिले बैशाख ७ गते आइतबार बिहान काठमाण्डौं उपत्यकाका सबै मण्डलीहरुबाट सहभागी हुनेगरी विहान ¥याली सहित उपस्थित हुनको लागि समेत आह्वान गरेको छ ।
येशू ख्रीष्टले मानिसको पाप क्षमाको लागि क्रुसमा रगत बगाएकोले कुनै व्यक्तिको जीवन बचाउन रगतको आवश्यक पर्ने भएकाले इस्टर महोत्सवमा रगत दान गर्न मिल्नेहरुले दान गर्नुपर्ने समेत आयोजकले आह्वान गरेको छ ।
गत वर्षको भन्दा यो वर्ष धेरै संख्यामा रगत दान गर्ने आयोजक समितिले अनुमान गरेको छ । आयोजक समितिको अनुसार रगत दान गर्नेहरुको लागि प्रमाण–पत्र र फलफूलको समेत व्यवस्था गरिएको छ ।