उपनिवार्चनमा निर्वाचित वडा अध्यक्षलाई घोराही इसाई समाजद्वारा बधाई
दाङ २३, मंसिर ।। घोराही इसाई समाजले रुन्टीगडी गाउँपालिका–४ रोल्पाका नवनिर्वाचित वडा अध्यक्ष भूपमनी पुन लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
शनिबार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी घोराही इसाई समाजले मंसिर १६ गते भएको उपनिवार्चनबाट निर्वाचित वडा अध्यक्ष पुनलाई बधाई तथा तथा शुभकामना दिएको हो ।
रोल्पाको जैतुन मण्डलीका एल्डर समेत रहनुभएकाच निर्वाचित वडा अध्यक्ष भूपमनी पुन नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार दिई जम्मा ६४३ मत ल्याएर बिजय हुनुभएको थियो । उाँको प्रतिद्वन्दी नेकपा ऐमालेका उम्मेदवारले जम्मा ५३५ मत ल्याएका थिए ।
नवनिर्वाचित वडा अध्यक्ष पुनलाई घोराही इसाई समाजले परमेश्वरको डर र भए मानी जनताको सेवा गर्न आग्रह गरेको छ । स्थानीय तहमा जनताको मन जित्नेगरी काम गर्न र परमेश्वरको महिमा हुने प्रकारको काम गर्न इसाई समाजले पुनलाई उत्साह दिएको छ ।
Wow, congratulations!