एकछिन बिचार गरौं ल !

एन. पी. खतिवडा

मैले बिचार गरें एकै छिन् अनि सोचें केही त पक्कै छ खोज्नु पर्ने र खोज्ने हिम्मत जुटाएँ। खोज्न त खोज्ने तर के ? फ़ेरि प्रश्न गरें ! यो दोधारमा मैले एउटा प्रकाश पाएँ र ठ्म्म्याए। यस्ता धेरै कुरा छन जुन सबैका लागि कति परिचित छन जस्तै बाटामा हिड्दा सधै देखिने अनुहारझैं फिस्स हास्यो बस ! खासमा ऊ को हो थाहा छैन तर चिनेको छ। यहि हो सबैको समस्या आज। नाम पनि थाहा छैन आफै नाम राखी दिएका छन । मैले भन्न खोजेको कुरा के हो भने मानिसहरु संग विभिन्न समस्या हरु चीने जानेका छन तर खास यो के हो भनी प्रष्ट गरि नचिनेकाले मानिसहरु बिलखबन्दमा छ्न्। र आफ्नै परिभाषाले ब्याख्या गरिरहेका छन् ।

आज दिनानु दिन सुनिने सब भन्दा चल्तिको शव्द हो तनाव ( stress). मलाई यसको परिभाषा थाहा छैन तर मनिसले गरेका परिभाषाभने प्रसस्तै सुनेको छु। ती सबै परिभाषाहरु म यहाँ ल्याउने हिम्मत गर्दिन किनकि यी परिभाषाहरुले पक्कै यो तनावलाई जन्माउन सक्दछन।म भने तपाईंलाई एउटा अति महत्त्वपुर्ण कुरा बाढ्न चाहान्छु। खासमा यो तनावको (stress)जन्मदाता आफू स्वयं भएको कारणले यो अरु व्यातिसंग जोडेर यसलाई मौका दिनु बिल्कुलै हुदैन। यो त तपाईं र म मा भएको कमजोरीको फाइदा उठाउन प्रयासरत रहन्छ। तपाईं किन तनाबमा हुनुहुन्छ? कारण थाहा पाउनु भयो भने अचम्मित हुनु हुनेछ l

सबै भन्दा पहिलो कारण तपाईं अरुले केही नगर्दा वा नबिगार्दा पनि आफैं दुखी बनेर भित्री मनमा अशान्ति उत्पन्न गराउनु हुन्छ कारण तपाईंलाई अरुका कुरा उचित लाग्दैनन तर आफ्ना कुरा जतिसुकै अतार्किक बेसमझका भए पनि असल लाग्छन । आफू असल अरु खराब बस यहिँबाट सुरु हुन्छ्न तिक्तताका जरा हरु फैलिन र हाँगाहरु पलाउन दोस्रो महत्वपूर्ण कुरा के छ भने जब तपाईं अशान्ति मौलन दिनु हुन्छ तपाईंलाई सानातिना कुराले पिरोल्न थाल्छ।ती अति नै सामन्य हुन्छ्न तर तपाइँ जटिल बनाउदै लानु हुन्छ।जब कुनै कुरा जटिल बन्छ त्यसको हल हुदैन बरु त्यसले हलचल मच्चाउन सुरु गर्दछ। यो यति अप्ठ्यारो बनी दिन्छ कि समाधानको उपाए मिल्दैन र तपाईंलाई हरकुरा देखि रीस उठ्न थाल्छ।

तनाव नामको रोगको सब भन्दा ठूलो उपलब्धि यो भै हाल्छ। एउटा भनाइ छ नि मानिसले रीसमा बेद पढ्दैन। यसको मतलव के ठिक के बेठिक कुन जाएज के नाजायज ठम्याउन सक्दैन । अब यो सब कुराले व्यक्तिलाई आफू निकै कम्जोर भएको आभास दिलाउँछ। अब कम्जोर मानिसले केवल कल्पना, तुलना, बेदना, बाहेक अरु केही गर्न सक्दैन तब उसले अरुको सामु आफुलाई हिनताबोध बोकेर जिइरहेको महसुस गर्छ किनकी अरुको यो छ मेरो छैन। त्यसको त यो छ त्यो छ मेरो छैन। कसरी हुन्छ के गर्दा हुन्छ भन्दा पनि मेरो चाहिँ छैनमा सिमित बन्छ। र यो कमजोरी उसले आफुमा भन्दा आफ्नो नजिकमा हुने आफ्नो पति या पत्नी वा अरु नातेदारहरुमा देख्न सुरु गर्छ र झन सारो दुखी बन्दै जान्छ।

त्यस्तै गरि अर्को महत्त्वपूर्ण कुरा के छ भने मानिस भित्र हुने अह्ंकार नामको बिषालु र भयानक शत्रु यसले मानिसलाई यो गर्न बाध्य बनाउंँछ कि जे उसको औकात भन्दा बाहिर छ । अहंकारको स्वभाव नै यो हो कि कसरी मानिसलाई चाडैं पतनको बाटो तिर डोहोर्याउन सकिन्छ त्यसै तिर निरन्तर उक्साइ रहन्छ। जब मानिस उक्साहटमा लाग्छ उसलाई पछि आउन सक्ने संभावित खतरा हरु को ज्ञानै हुदैन।जब खतरा टड्कारो भइ दिन्छ अब त्यसबाट पन्छिन र तर्किन जान्दैन किनकि घमण्डले ज्ञानको भाँडामा बिर्को ठोकी दिन्छ।कसै गरे खोल्न दिदैन र जब घमण्ड नामको विष फैलन्छ मानिस त्यस बाट उम्कन सक्दैन र ऊ सधैं निस्तेज हुन्छ बिचलित बन्छ र भन्छ तनाव बढेको छ।

त्यस्तै गरि अर्को महत्त्वपूर्ण कुरा के छ भने आफुमा भएका कुनै पनि कुरामा संतुष्ट नभएर जहिले अपुग र अभाव मात्र देख्ने।अरुको खुशीमा सहभगिता जनाउँदा खुशीनै मिल्छ भन्ने नबुझनु। अनावश्यक र नकारात्मक सोचलाई बढवा दिंँदा निरन्तर संकुचित भावनाको विकाश हुँदै बानीमा परिणत हुन्छ र मानिस खाली चिड्चिडे स्वभावमा जिउन बाध्य बन्छ । केही सिमित चिज वा ब्याक्ती राम्रो लाग्ने र बाँकी सारा खराब हुन भन्ने भावना जागृत हुन्छ।

त्यसैले आफुले सोचें झैं केही पनि नभए पछि ऊ बिरक्तिन्छ।यो पनि तनवको अर्को अवस्था हो। यस्तै गरि समयको व्यवस्थापन ,खानपान, शारीरिक व्यायम, नियमितरुपमा गर्ने काम ,उचित सरसफाइ मीठो सौहाद्रपुर्ण बोलिबचन, आध्यात्मिक चिन्तन ,सृजनशील कार्यहरु,सुन्दर बिचारहरुको श्रावण , सुन्दर पुस्तकहरुको अध्यायन, जस्ता कुरामा ध्यान नदिनाले जीवन अस्तव्यस्त हुन पुग्छ र मानिस अतालिन थाल्छ यो सब भन्दा भयानक बन्न पुग्छ र मनिस अनियंत्रित भएर संभाल्न नसकेका कारण मानशिक बिचलनको सिकार बन्न पुग्छ।

अन्तमा आधुनिक युग सगैं बैज्ञानिक उपकरणको अत्याधिक प्रयोग, र निर्लिप्त भएर त्यसैमा देखएका कुराहरु जस्तै परिकल्पना र अनेकौं घटना दृश्य परिदृस्य तथा अनेकौं मनोरञ्जनात्मक कुरामा आफुलाई लगाएका कारण मानिसले आफुलाई बिर्सिएर अर्कै संसार जो यथार्थमा नभएर केवल रंगमञ्चमा मात्र सिमित छ त्यसैमा समर्पित गरेको कारण आज मानिस मानसिक रुग्णतामा जिउन बाध्य भएकोले समय छदैं यसको हल खोज्नु नै बुद्धिमानी हुने कुरामा दुई मत छैन। यो बिचारलाई अन्त्य गर्दै गर्दा यो भन्न चहान्छु कि तपाईंको जीवन अमुल्य छ एक पट्क गहिरिएर सोच्नुहोस र सारा व्यथिती जस्ले तपाईंको जीवनमा हस्तक्षेप गरिरहेका छ्न तिनीहरुको व्यवस्थापन र नियन्त्रणको बारेमा अभ्यास गर्नुहोस र फरक अनुभव हासिल गर्नुहोस । तनाव कहिल्यै हुन्न जनाव !!

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button