एक लाख ६८ हजार सब्सक्राइब पुगेको बचन टि.भि ह्याक

काठमाण्डौं, १२ पुस ।। एक लाख ६८ हजार सब्सक्राइब पुगेको बचन टि.भि युट्युव च्यानल ह्याक भएको छ ।


ख्रीष्टियन समुदायलाई आत्मिकरुपमा जागृत गर्ने उद्देश्यकासाथ दैनिक बचन प्रशारित गर्दै आएको वचन टि.भि युट्युव च्यानल एक्कासी ह्याक भएको सञ्चालक विश्वास थापाले जानकारी दिनुभएको छ ।


सञ्चालक विश्वास थापाका अनुसार, डिसेम्बर १६ मा च्यानल एक्कासी ह्याक भएको हो । एक लाख ६८ हजार सब्सक्राइब पुगेको च्यानलमा करिब ७ हजार भन्दा बढी भिडियो अपलोड गरिएको थियो ।


सन् २०११ बाट केही भिडियो प्रशारण गरेपनि सन् २०१६ बाट पूर्णकालिन बचन टिभिमा सक्रिय रहेर समुदायलाई मिडियाबाट आत्मिक क्षेत्रमा योगदान पु¥याउँदा एक्कासी च्यानल ह्याक हुँदा दुःख लागेको विश्वास थापा बताउनुहुन्छ ।


उहाँ भन्नुहुन्छ, “मेहनतको साथ च्यानललाई यहाँ सम्म पु¥याएको हुँ । ह्याक हुँदा दुःख लागेको छ । रिकरभर गर्न काम भइरहेको छ तर रिकभर हुन्छ या हुँदैन यकिन छैन ।” सञ्चाल विश्वास थापाले सबैलाई च्यानल रिकभरको निम्ति प्रार्थना गरिदिन समेत अनुरोध गर्नुृभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button