एडोन रोङगोङको अन्तिम स्टाटस “यहा भेट नभएपनि वहा भेटौला”
काठमाण्डौँ, २ जेठ । नेपाली इसाई जगतमा सुसमाचार र चेलापनमा अतुलनीय योगदान पु¥याएका एडोन रोङगोङको ८४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल क्याम्पस क्रुसेडफर क्राइस्टका संस्थापक समेत रहनुभएका एडोन रोङगोङको आज बुधबार जेठ २ गते विहान भारतको सिलुगुरीमा निधन भएको हो ।
एडोन रोङगोङको सुसमाचार, चेलापन र आत्मिक जागृतिको लागि नेपाली इसाई समुदायमा अतुलुनीय योगदान रहेको छ ।
उहाँले केहि दिन अघि नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको निधनको खबरमा दुःख ब्यक्त गर्दै “मेरो भाई, अब यहाँ नभेटे पनि वहाँ भेटाउँला ।” भनेर सामाजिक सञ्जालमा एउटा मर्माहित स्टाटस छोड्नु भएको छ ।
नेपाली इसाई जगतमा सुसमाचर र मण्डली स्थापनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका नेपाल सुसमाचार केन्द्रका संस्थापक रेशमराज पौडेलको केहि दिन अगि निधन भएको थियो ।
एडोन रोङगोङ लेखन कार्यक्रमा पनि उत्यति सक्रिय हुनुहुन्थ्यो । देशको राजनीति र ख्रीष्टियानीटिमा भइरहेका गतिविधिहरुको पनि उहाँ सक्रिय रुपमा अध्ययन गर्नुहुन्थ्यो ।
उहाँले लेखेको अन्तिम स्टाटस यस्तो छ ।