एनसिएस र एनसिएफले संयुक्तरुपमा मनाए ख्रीष्टमस
काठमाण्डौं, २४ मंसिर ।। नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगतिले संयुक्त रुपमा ख्रीष्टमस शुभकामना आदन–प्रदान गरेका छन् ।
आज सोमबार ललितपुरको आराधना चर्चमा एक कार्यक्रमको आयोजना गरी ठूला दुई संस्थाले संयुक्तरुपमा ख्रीष्टमस शुभकामना आदन–प्रदान कार्यक्रम गरेका हुन् ।
नेपाली इसाई समुदायको हितमा काम गर्ने दुई ठूला संस्था नेपाल ख्रीष्टियन समाज र नेपाल राष्ट्रिय मण्डली संगतिले ख्रीष्टमस शुभकामना आदन–प्रदानमात्र नभएर अन्य विभिन्न कार्यक्रमहरु पनि संयुक्तरुपमा गर्दै आएका छन् ।