एल्डर भीमबहादुर तामाङलाइ उत्साह स्वरुप सहयोग प्रदान

असोज २७ ।।
एन.सि.एफ लुम्बनी प्रदेशले सतावटमा परेका एल्डर भीमबहादुर तामाङलाई उत्साह स्वरुप सहयोग प्रदान गरेको छ ।


एन सि. एफ नेपालका लुम्बनी प्रदेश समेत रहनुभएका एल्डर भिमबहादुर तामाङलाई गत सोमबार सान्तवना सहित सहयोग रकम हस्तान्तरण गरेको हो ।


सतावटमा परेका विभिन्न व्यक्तिहरुलाई सक्दो सहयोग गर्नुले ख्रीष्टियन विश्वासमा एकता छ भन्ने सन्देस दिनु हो । नवलपरासीमा रहेको अभिषेक मण्डलीका एल्डर भीमबहादुर तामाङ र बलबहादुर सुनार गत महिना संगति गर्न जाँदा सतावटमा पर्नुभएको थियो ।


घरिलो संगतिमा जाँदा सतावटमा परेका एल्डर भीमबहादुर तामाङले पञ्चायतकालमा पनि धर्म प्रचार गरेको आरोपमा ३ महिना जति जेल जीवन बिताउनुभएको थियो ।


ल्ुाम्बिनी प्रदेशको भारत र नेपालको सीमा क्षेत्रमा अहिले पनि ख्रीष्टियन समुदायले सतावटको सामाना गरिरहनुपरेको छ । एल्डर भीम बहादुर तामाङलाई सहयोग रकम एन.सि. एफ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष र केन्द्रिय सचिव बीरबादुर तामाङले सहयोग अस्तान्तरण गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button