कइन र बाइबलको कथा, जसले अरुको डाह गर्नुहुदैन भन्ने सन्देश दिन्छ ।

बोलावट
आदम र हव्वाका दुई छोरा थिए । जेठो छोरा कइन र कान्छो छोरा हाबिल । कान कृषक थिए, जसले खेती गर्थे र अन्न उत्पादन गर्थे । हाबिल गोठालो थिए, जसले भेँडाबाख्रा चराउँथे । एक दिन, दुवै भाइहरूले परमेश्वरलाई बलिदान चढाउन निर्णय गरे । कइनले आफ्नो खेतमा उत्पादन भएका अन्नहरूबाट बलिदान चढाए । त्यसै समयमा हाबिलले आफ्नो भेँडाबाख्राका पहिलो र उत्तम बच्चाहरूबाट बलिदान चढाए । परमेश्वरले हाबिलको बलिदानलाई स्वीकार गर्नुभयो किनभने त्यो निष्कपट र सच्चा थियो । तर, कइनको बलिदानलाई अस्वीकार गर्नुभयो ।


परमेश्वरले हाबिलको बलिदानलाई स्वीकार गरेकोमा कइन निकै क्रोधित भए र हाबिलसँग ईर्ष्या गर्न थाले । उनको अनुहार अन्धकार र क्रोधित भयो । परमेश्वरले कइनलाई चेतावनी दिएर भन्नुभयो, “किन तिमी यति रिसाइरहेका छौ ? यदि तिमीले राम्रो काम गर्यौ भने तिमी पनि स्वीकार हुनेछौ । तर यदि तिमी नराम्रो गर्छौ भने, पापले तिमीलाई पर्खिरहेको छ । तिमीले पापलाई जित्नुपर्नेछ ।


तर काइनले परमेश्वरको चेतावनीलाई बेवास्ता गरे । एक दिन, कइनले हाबिललाई खेतमा बोलाए र जब उनीहरू एक्लै थिए, कइनले आफ्नो भाइ हाबिललाई हत्या गरे । पवित्र धर्मशास्त्र बाइबल अनुसार यो संसारको पहिलो हत्या थियो, र भाइले भाइलाई मारेको पहिलो घटना पनि हो ।


हाबिलको हत्या पछि, परमेश्वरले कइनसँग साध्नुभयो, “तिम्रो भाइ हाबिल कहाँ छ ?“ कइनले असत्य बोल्दै उत्तर दिए, “मलाई थाहा ? म के तपाईंको कइनको रक्षक हुँ र ?” तर परमेश्वरले भन्नुभयो, “तिम्रो भाइको रगत, मसँग धरतीबाट कराइरहेको छ । तिमीले यो निकै ठूलो पाप गरेको छौ ।”

त्यसपछि परमेश्वरले कइनलाई अभिशाप दिनुभयो र हाँलेभ भन्नुभयो, “तिमीले अब माटोबाट केही फल प्राप्त गर्नेछैनौ । तिमी धरतीबाट निष्कासित हुनेछौ र तिमी जीवनभरि भटकिरहेका हुनेछौ । कइनले यो दण्ड असह्य भएको परमेश्वरलाई बताउँदै भने, “अरूले मलाई मारे भने म कसरी बाँच्छु ?” तब परमेश्वरले कइनलाई एक विशेष चिह्न दिनुभयो, जसले गर्दा जो कोहीले पनि उनलाई मार्न सकेनन् । कइन त्यसपछि परमेश्वरको नजरबाट टाढा, नोड भन्ने देशमा बस्न गए ।


कइनले नोड देशमा गइ आफ्नो परिवार स्थापना गरे । उनका सन्तानहरूले मानवजातिको विकासमा महत्वपूर्ण भूमिका खेले । प्रिय मित्र कइन र हाबिलको कथाले ईर्ष्या, क्रोध, र आवेगले कस्तो विनाशकारी परिणाम ल्याउन सक्छ भन्ने देखाउँछ । परमेश्वरले कइनलाई चेतावनी दिए तापनि, उनले आफ्नो क्रोधलाई नियन्त्रण गर्न सकेनन् र भाइको हत्या गरे । यो कथाले भाइहरू बीचको सम्बन्धको महत्त्व, परमेश्वरसँगको निष्ठा, र सही मार्गमा रहनु पर्ने आवश्यकतालाई पनि देखाउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button