कर्णाली प्रदेशमा आयोजित जवान जागृति सम्मेलन सम्मपन्न, अब दुई वर्षपछि हुने

हरि जिज्ञासु
सुर्खेत २४, असोज ।। कर्णाली इसाई एकता सञ्जाल समिति र सुर्खेत इसाई समाजले आयोजना आयोजित संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन आज बिहिबार सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका दश जिल्लामा स्थापना भएका विभिन्न चर्चहरुका युवाहरु सहभागी हुनेगरी कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा असोज २२ गतेदेखि सुरु भएको शिखर सम्मेलन आशिषत रुपमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका ख्रीष्टियन युवाहरुको सहभागीतामा आयोजित बृहत शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले मंगलबार गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा रहेका मुख्यमन्त्री कडेलले सबै धार्मिक समुदायका युवाहरु कर्णाली बिकासमा जोडिनुपर्ने बताउँदै, संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनको सफलताको शुभकामना व्यक्त गनुभएको थियो ।

दोस्रो संयुक्त जागृति शिखर सम्मेलनमा नेपाल ख्रीष्टियन समाजका अध्यक्ष ओमप्रकाश सुब्बा, राष्ट्रय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ लगायतका आथित्यता रहेको थियो । सम्मेलनमा प्रमुख वक्ताको रुपमा, पास्टर प्रकाश सुब्बा, तिर्थ राई, रेभ. डा. नरीराम लुहार (बिनोद) किरण दास लगायत अन्य पास्टर ज्यूहरु रहनुभएको थियो ।
कर्णालीका ख्रीष्टियन युवाहरुलाई आत्मिकरुपमा बलियो बनाउने र उनीहरुको भिजनलाई देशविकाससंग जोड्ने उद्देश्यले आयोजना गरेको दोस्रो जागृति शिखर सम्मेलन सफलतापूर्वक सम्मपन्न भएको कर्णाली इसाई एकता सञ्जाल समितिका अध्यक्ष पास्टर पदम गैरेले जनाउँनुभयो । उहाँले भन्नुभयो, “तेस्रो शिखर सम्मेलन आउने दुई वर्षपछि भव्यताकोसाथ सञ्चालन गर्नेछौँ । सबै युवाहरु प्रार्थनकासाथ तयारी रहनुहोला ।”

कर्णाली प्रदेश इसाई एकता सञ्जालले दुई वर्षमा एक पटक आयोजना गर्ने गरेको संयुक्त जवान जागृति शिखर सम्मेलन युवाहरुको लागि प्रभावकारी बन्दै गएको छ । पहिलो वर्ष आयोजित शिखर सम्मेलनबाट आफू धेरै आशिषत भएको र यस वर्षपनि शिखर सम्मेलनमा आशिषत महसुस् गरेको सहभागी युवाहरुले बताएका छन् ।
आत्मिक जागृतिमा टेवा पुर्याउने यस्तो शिखर सम्मेलन हरेक वर्ष गर्नुपर्ने युवाहरुको माग छ तर आर्थिक व्यवस्थापनको जटिलताको कारण हरेक वर्ष गर्न गाह्रो छ । करिब ५ हजार युवाहरु सहभागी सम्मेलन व्यवस्थापनमा मुस्किल देखिन्छ । दोस्रो शिखर सम्मेलनको व्यवस्थापन भने राम्रो भएको छ ।

दोस्रो संयुक्त जवान जागृति शिखर सम्मेलनलाई सफलताकोसाथ सम्पन्न गर्न, कर्णाली प्रदेशमा रहेका सबै चर्चका पास्टर ज्यूहरुको साथ र सहयोग रहेको छ, जसमा बिरेन्द्रनगर सुर्खेतमा रहेका चर्चहरुका पास्टर ज्यूहरु सम्मेलन सफल बनाउन सक्रियरुपमा लाग्नुभएको थियो ।

