कर्णाली प्रदेश इसाई एकता सञ्जालले दियो मुख्यमन्त्री कंडेललाई निमन्त्रणा

सुर्खेत, १५ असोज ।। कर्णाली प्रदेश इसाई एकता सञ्जालले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेललाई भेटेर असोज २२ देखि २४ गतेसम्म कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा आयोजित संयुक्त युवा जागृति शिखर सम्मेलनको लागि निमन्त्रणा दिएको छ ।


आज मंगलबार कर्णाली प्रदेश इसाई एकता सञ्जालले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यमलाल कंडेललाई भेटेर कर्णाली प्रदेशको संयुक्त युवा जागृति शिखर सम्मेलनको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेको हो ।


कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री यमलाल कंडेलले बृहत युवा जागृति शिखर सम्मेलनको आयोजना गरेकोमा सफलताको शुभकामान व्यक्त गर्नुभएको छ । उहाँले शिखर सम्मेलनमा आफू प्रमुख अतिथिको रुपमा सहभागी हुने जानकारी गराउनुभएको छ ।


कर्णाली प्रदेशका दश वटा जिल्लामा रहेका चर्चहरुबाट युवाहरु सहभागी हुने गरी आयोजना गरीएको बृहत शिखर सम्मेलनको तयारी लगभग पूरा भएको कर्णाली प्रदेश इसाई एकता सञ्जालका अध्यक्ष पास्टर पदम गैरेले जानकारी गराउँनुभयो ।

कर्णाली इसाई एकता सञ्जालका अध्यक्ष पास्टर पदम गैरेले भन्नुभयो, “कर्णाली प्रदेशमा स्थापित चर्चहरुको युवाहरुलाई आत्मिक रुपमा जागृत गराउँने उदेश्यले शिखर सम्मेलनको आयोजना गरेका छौँ । देश विकासको प्रमुख शक्ति युवाहरु भएकाले इसाई युवाहरुलाई आत्मिक रुपमा बलियो बनाई देशको हितको निम्ति काम गर्ने पनि यो शिखर सम्मेलनको उदेश्य रहेको छ ।”

शिखर सम्मेलन तयारीको लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरी तयारीमा जुटेको कर्णाली प्रदेश इसाई एकता सञ्जालका सचिव प्रेम बयलकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ हामी शिखर सम्मेलनको तयारीमा जुटेका छौँ । कार्यविभाजन समेत गरेका छौँ । कर्णाली प्रदेशमा स्थापित सबै चर्चका युवाहरुलाई सहभागी हुन अनुरोध गर्दछौँ । यो वर्ष हामीले प्रतिव्यक्ति दर्ता शूल्क १००० (एक हजार) तोकेका छौँ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button