कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरु

हरि जिज्ञासु
सुर्खेत, २२ असोज ।।
कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन आज मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ ।


कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापित चर्चहरुबाट युवाहरु सहभागी हुनेगरी आयोजना गरेको दोस्रो शिखर सम्मेलन आजदेखि सुरु भएको हो ।


शिखर सम्मेलनको आज पहिलो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनको सफलताको शुभकामना दिदै, कर्णालीका सबै धार्मिक समुदायका युवाहरु कर्णाली विकासमा लाग्नुपर्ने बताउनुभयो ।


कर्णाली इसाई एकता समाज सञ्जाल समितिका अध्यक्ष पास्टर पदम गरैको सभाध्यक्षता रहेको शिखर सम्मेलन उद्घाटन समारोहमा विशिष्ट अतिथि तथा बक्ताको रुपमा, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष प्रकाश सुब्बा, नेपाल ख्रीष्टियन मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङ, रेभ. डा. नरीराम लुहार (बिनोद), पास्टर किरण दास लगायत अन्य पास्टर ज्यूहरु रहनुभएको छ ।


त्यसैगरी विशिष्ठ अतिथिको रुपमा कर्णाली प्रदेश उर्जा तथा जलस्रोत मन्त्री बिजया बुढा, प्रदेशसभा सदस्य, बलिमाया बुढा लगायतको आथित्यता रहेको थियो । माननीय उर्जा तथा जलस्रोत मन्त्री बिजया बुढाले कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनको सफलताको शुभकामना दिदैँ, संविधानले सबै जाति, धर्म, र संस्कृतिको अधिकारको प्रत्याभूति गराएको कारण एकले अर्कोको संस्कृतिको कदर गर्नुपर्ने बताउनुभयो ।”


विशिष्ट अथितिको रुपमा रहनुभएका नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङलले कर्णाली प्रदेश इसाई एकता सञ्जालले सम्मेलनको आयोजना गरेकामा खुसी व्यक्त गर्दै राष्ट्रको विकासमा ख्र्रीष्टियन युवाहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“परमेश्वरले हामीलाई असल ज्ञान दिनुहुन्छ र हामी परमेश्वरको डर र भय मानेर देश विकासको जिम्मावारी ख्रीष्टियन युवाहरुले पनि लिनुपर्छ ।”


कर्णाली इसाई एकता सञ्जालका अध्यक्ष पास्टर पदम गैरेले ख्रीष्टियन युवाहरुलाई आत्मिक जागृति र कणार्ली विकासमा जोड्न सम्मेलनको उद्देश्य रहेको जनाउनुभयो । उहाँले शिखरसम्मेलनमा सहभागी सबैलाई धन्यवाद दिदैँ, कर्णाली प्रदेश भौगलिक रुपमा बिकट भएपनि प्रर्यटकीय दृष्टिकोणले धनी भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा सबै जाति, भाषा, धर्म र संस्कृतिसँग जोडियका समुदाय मिलेर बसेतापनि अन्य विभिन्न ठाउँमा ख्रीष्टियन समुदायको आस्थामाथि आक्रमणको प्रयास भएकोले आफूलाई दुःख लागेको समेत बताउनुभयो ।


शिखर सम्मेलनको पहिलो दिन, उद्घाटनपछि विशिष्ठ अथितिको रुपमा रहनुभएका वक्ता तिर्थ राई, रेभ. डा. नरीराम लुहार (बिनोद) ले परमेश्वरको बचनबाट युवाहरुलाई उत्साह दिनुभएको छ । शिखर सम्मेलनमा युवाहरुले नृत्य प्रस्तुत गरेका थिए । शिखर सम्मेलनको उद्घाटन समारोहको सहजिकरण पास्टर प्रेम बयलकोटीले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button