कविता
सुसमाचार
येशु ख्रीष्ट संसारमा आउनुभयो
मानिसको रुप लिएर,
हाम्रा सबै पाप र अधर्म, क्षमा गरिदिनुभयो
कलबरीको क्रुशमा ,आफ्नो जीवन दिएर !पापै नजान्नु हुने,पबित्र येशू प्रभुले
हाम्रा लागि, रगत बगाउनु भयो,
पापको ज्याला मृत्यु,आफै लिई
हामीलाई,अनन्त जीवन दिनुभयो !!मृत्युलाई जितेर, ख्रीष्ट प्रभु
तेस्रो दिनमा बौरी उठ्नुभयो,
उहाँ माथि बिश्वास गर्नेहरुलाइ
उद्दार र मुक्ति दिनुभयो !!आऊ सबै दाजुभाइ, दिदिबहिनी
प्रभुलाइ विश्वास गर्नलाइ,
हाम्रो पापको क्षमा पाई
अनन्तको जीवन पाउनलाइ !!
→ रजिन पुर्कुटी
काभ्रेपलान्चोक–पाँचखाल
(हालः यु ए इ)