किन विलिन हुँदै छ नेपालकाे स्वास्थ क्षेत्रबाट ख्रीष्टियन परिचय ?
– हरि जिज्ञासु
नेपालको स्वाथ्य क्षेत्रको इतिहासको पानाहरुलाई पल्टाउँदा इसाई मिशनरीहरुको पहिलाे नाम आउँछ र देखिन्छ । सन् १६६१ मा फादर ग्रुरबर र डोरभिल्ले तिब्बत हुँदै नेपाल आएका थिए । त्यतिखेर कान्तिपुरका राजा प्रताप मल्ल थिए र उनलाई ग्रुबरले बायानोकुलर र केही गणीतिय सामाग्री उपहार दिएको कुरा इतिहासविदहरु लेख्छन् । नेपालका इतिहासविदहरुको मनोभावमा पनि देशमा ख्रीष्टियानीटी भित्रिदा चोटकाे कारणले ख्रीष्टियन मिशनरीहरुले नेपालको स्वास्थ्यक्षेत्रमा पु¥याएको योगदानलाई दबाएर लेखेका छन् । मिशनरी ग्रुरबरले राजा प्रताप मल्ललाई बायोनोकुलर र गणीतिय सामाग्री उपहार दिएपछि उनले नेपालमा विदेशी मिशनरीलाई नेपालमा काम गर्न दिएको कुरा इतिहासविदहरुले लेख्छन् ।
सन् १६६४ सालदेखि नै इसाई मिशनरीहरु काठमाण्डौँमा थिए भन्ने कुरा कतिपय नेपालको इतिहाससम्बन्धि कलम चलाउँने लेखकहरुको लेखमा भेटिन्छन् । तर ती लेखहरुमा इसाई मिशनरीहरुले नेपालको स्वाथ्य क्षेत्रमा पु¥याएको महान योगदानलाई दबाएर क्रिश्चियन धर्म फैलाएको कुरालाई बढि विरोधाभास रुपमा लेखिएको छ । राजा प्रताप मल्लको समयमा फादर डि एन्ड्राडा भनिने विदेशी मिशनरीले काठमाण्डौँ उपत्यकामा इसाई विश्वासलाई फैलाएको कुरालाई विरोधाभास रुपमा लेखिएता पनि उनले नेपालको स्वास्थ्य स्थितिलाई गहिरोतरिकाले बुझेको कुरालाई त्यति लेखिएको छैन ।
सन् १६६१ ताका काठमाण्डौँ उपत्यकामा चरमरुपमा हैजा फैलिएको थियो । हैजाका कारणले धेरै बालबालिकाहरुले ज्यान गुमाएका थिए । चरम रुपमा फैलिएको हैजा न्यूनिकरण गर्न र हैजाबाट बालबालिकाहरुलाई बचाउनुमा विदेशी मिशनरीहरुको ठूलो योगदान रहेको थियो । इसाई मिशनरीहरुले नेपालको स्वाथ्य क्षेत्रमा त्यो समयमा धेरै ठूलो लगानी गरेका थिए तर उनीहरुको योगदानको ईतिहासलाई धर्म परिवर्तनको आरोपमा ओझेल पारिएको छ ।
त्यो बेलामा राजकीय खानदानका मान्छेहरु मिठो खाने, राम्रो लगाउने र राम्रो ठाउँमा बस्ने गर्थेँ । राजकीय खानदानको तुलनामा नागरिकहरुको स्थिति निकै नाजुक थियो । मिठो खाने, राम्रो लगाउने अनी राम्रो ठाउँमा बस्ने कुरा जनताको लागि सपनाजस्तो थियो । जनताको पीडालाई देखेर इसाई मिशनरी फादर डोरभिल्लेले जनतालाई खाना बाँडेको इतिहास छ । उनले जनतालाई खाना बाँडेँको थाहा पाएपछि रिसले चुर भएका शिद्धिनरसिं मल्लले उनीहरुलाई देश निकाला गरिदिए ।
नेपालमा स्वास्थ्य अवस्था निकै कम्जोर हुँदै गएपछि सन् १७५० मा काठमाण्डौँ उपत्यकाको तीनै राज्यमा इसाई मिशनरीहरुले मेडिकल क्लिनिक स्थापना गरेको पाइन्छ । गोरखाको राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा किर्तीपरमा भएको युद्धमा उनको भाई सूरप्रताप शाहको आँखा फुड्दा पादरी माइकल इन्जेलालाई बोलाइएको इतिहास छ । र उनले नै सूरप्रताप शाहको उपचार गरिएका थिए । उनको उपचारपश्चात मिशनरीहरुले खोलेका किल्निकहरु बन्द गरिएको थियो । बन्द गर्नुको कारण भनेको भारतमा ब्रिटिश इण्डियाको जगजगी थियो । उनीहरुले नेपालमा पनि आक्रमण गर्लान भन्ने कुरालाई इतिहासविदहरु लेख्छन् ।
त्यतिखेर नेपालमा दादुरा, हैजा, मलिरिया जस्ता रोगहरु तिर्ब रुपमा फैलिएको थियो । यस्ता खालको रोगहरुको न्यूनिकरणको लागि मिशनरीहरुको ठूलो लगानी छ । त्यतिखेर नेपालीहरु डा. हुने कुरै भएन । सबै जना मिशनको रुपमा आएका डाक्टरहरु मात्र थिए ।
काठमाण्डौँका तीनवटै राज्यबाट मिशनरीहरुले खोलेका किल्निकहरु बन्द भएपछि नेपालमा स्वास्थ्यसम्बन्धि धेरै समस्या देखियो । आयुर्बेदिक औषधी प्रयोग गरेर उपचारको थालनी भयो । सन् १८०१ मा नेपाल र ब्रिटिश इण्डीयाबीच भएको सन्दिपछि नेपालमा बेलायती मिशन स्थापना भएको कुरा इतिहासमा उल्लेख छ । त्यतिखेर नेपालमा दादुरा, हैजा, मलिरिया जस्ता रोगहरु तिर्ब रुपमा फैलिएको थियो । यस्ता खालको रोगहरुको न्यूनिकरणको लागि मिशनरीहरुको ठूलो लगानी छ । त्यतिखेर नेपालीहरु डा. हुने कुरै भएन । सबै जना मिशनको रुपमा आएका डाक्टरहरु मात्र थिए ।
नेपालको पहिलो सरकारी स्वास्थ्य संस्थाको रुपमा काठमाण्डौँ उपत्यकाको खोकनामा राना सरकारले १८५७ मा कुष्टरोगीहरुलाई राख्ने केन्द्र निमार्ण गरे । त्यतिखेर खोकना बस्ती भन्दा धेरै टाढा थियो । किनकि कुष्टरोगीलाई मान्छेहरुको बीचमा नराखेर एकान्तमा राखिन्थ्यो । नेपालको कुष्टरोग न्यनिकरणमा इसाई मिशनरीहरुको ठूलो योगदान छ । सन् १९२४ मा पाटन अस्पताल स्थापना गरियो जुन इसाई मिशनरीहरुले लगानी गरेका थिए । मिशनरीहरुले चलाउँदाको पाटन अस्पतालको सुविधा र अहिले पाटन अस्पताल सरकारी स्वामित्वमा हुँदाको सेवा सुविधालाई जनताले मज्जाले तुलना गर्दै आएका छन् । पाटन अस्पताल अहिले पहिलेको भन्दा भद्रगोल नै छ । खोकनामा रहेको कुष्टरोग अस्पताललाई भक्तपुरमा पनि विस्तार गरियो । देशमा विभिन्न क्षेत्रमा अस्पतालहरु स्थापना हुदै गए ।
नेपालमा इसाई मिशनरीहरुले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानलाई सँधै गुमनाम राखियो । खाली धर्म परिवर्तनको कुरालाई मात्र व्याख्या गरियो । अहिले पनि पोखरा पाल्पा, रुकुम, लम्जुङ लगायत विभिन्न जिल्लामा इसाई मिशनरीहरुले खोलेका अस्पतालहरु छन् । उनीहरुले गरेका राम्रो कामको कहिले प्रशंसा गरिएन ।
कतिपय ठाउँमा इसाई मिशनरीहरुले खोलेका अस्पतालहरुलाई सरकारी स्वामित्वमा लिएर भद्रगोल बनाइयो । ललितपुरको पाटन अस्पताल एक उदारण हो । परमेश्वरमाथिको पूर्ण विश्वास साथ नेपालको स्वाथ्य क्षेत्रमा पु¥याएको योगदान अहिले अस्तित्वमा नहुदा दुःख लाग्छ । नेपालमा धेरै ख्रीष्टियनहरुको बृद्धि त भयो तर इसाईहरुले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान गुमनाम हुदै गयो । सरकारी अस्पताल भद्रोगल हुदै गए ।
नेपालमा धेरै ख्रीष्टियनहरुको बृद्धि त भयो तर इसाईहरुले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान गुमनाम हुदै गयो । सरकारी अस्पताल भद्रोगल हुदै गए ।
निजि अस्पतालहरु झाँगिदै गए । मेडिसीटी, ग्रान्डी, सुमेरु लगायत अन्य धेरै निजी अस्पतालहरुले स्वास्थ्यमा भरपूर व्यापार गरिरहेका छन् । तर अहिलेसम्म ख्रीष्टियनहरुले नेपालमा विश्वसनीय अस्पताल खोल्न सकेनन् । अस्पताल खोलेर जनतालाई सेवा दिन सकेनन् । अस्पतालबाट मानिसहरुलाई सुसमाचार सुनाउँन सकेनन् । आफू आफूमा ख्रीष्टियनहरुले विश्वास हराउँदै गए । ख्रीष्टियनहरुले निजी अस्पताल खोलेर राम्रो खालको सेवा दिएर जनताको सेवा गर्न सक्छन् । नेपालको स्वाथ्य क्षेत्रमा भएको भ्रष्टचार न्यूनिकरणको उदाहरण बन्न सक्छन् तर विडम्बना त्यस्तो छैन । मिशनरीहरुले स्थापना गरेका अस्पतालहरु पनि कुन दिन सरकारले आफ्नो स्वामित्वमा लिएर भद्रोगल बनाउँछ अत्तोपत्तो छैन ।