कुनै पनि धार्मिक समुदायलाई उत्पीडन हुनुहुदैन ः डा. बाबुराम भट्टराई

काठमाण्डौ, १० पुस ।। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि जाति र धार्मिक समुदायमा उत्पीडन हुन नहुने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराईले आज बुधबार ललितपुरमा ख्रीष्टमसको अवसरमा आयोजिन एक कार्यक्रममा कुनै पनि जाति, भाषा र धार्मिक समुदायमा उत्पीडन हुननुहुने बताउनु भएको हो ।


संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्ले आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा डा.भट्टराईले शुभकामना ददैँ भन्नुभयो, “सबै जाति, भाषा र धार्मिक समुदायको पक्षमा संविधान निर्माण गर्न निकै त्याग गर्नु परेको छ । संविधान निर्माण समुहमा म पनि थिएँ । केही दोहोरो अर्थ लाग्ने भएपनि यो व्यवस्था ल्याउन ठूलो त्याग गर्नु परेको छ ।”


डा. भट्टराईले विश्वका शक्ति राष्ट्रहरुमा बहुसंख्यकले अल्पसंख्यकलाई दबाउन खोज्ने प्रचलन भएको र नेपालमा पनि बहुसंख्यकले अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण फरक रहेको हुँदा उत्पीडिन देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल इतिहासकालदेखी नै एकता र मेलमिलापको पहिचान स्थापित गरेको देश हो त्यसैले हामी सबै धार्मिक समुदाय मिलेर बस्नुपर्छ ।”


भट्टराईले ख्रीष्टियन समुदायलाई एकतामा रहन आग्रह गर्दै, आफ्नो पहिलो गुरु ख्रीष्टियन रहेको र पि.एचडी तहको सु्परभाइजर मुस्लिम समुदायको रहेको समेत आफ्नो बिगतको सम्झना गराउँनुभयो । उहाँले भन्नुभयो, “म सबै धार्मिक समुदायलाई सामान दृष्टिकोणले हेर्छु । मेरो परिवार पनि विभिन्न विचार र आस्थामा विभाजित छ तर पनि हामी एकतामा मिलेर बसेका छौँ ।”


बाबाुराम भट्टराईले कुनै पनि धर्म जवरजस्ती नहुँने बताउनुभयो । उहाँले आफ्नो धर्मको बारेमा जोकोहीलाई सुनाउन पाईन्छ तर जवरजस्ती गर्न पाईदैन । यदि कसैले आफ्नो इक्षाले धर्म परिवर्तन गर्छ भने त्यो उसको व्यक्तिगत अधिकारको कुरा हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button