कोशी प्रदेश इसाई समाजद्वारा शुभकामना आदानप्रदान

काठमाण्डौं, १ पौष ।। कोशी प्रदेश इसाई समाजले ख्रीष्टमस २०२४ तथा हाम्रो प्रभुको वर्ष २०२५ को पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


समाजका अध्यक्ष विक्रम वर्णवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख वक्ता आदरणीय रेभ. दिलिप क्षेत्री हुनुहुन्थ्यो । रेभ. राजेन्द्र मल्लको प्रमुख आतिथ्य तथा रेभ. गंगा आलेको विशिष्ट आतिथ्यतासँगै सुरु भएको कार्यक्रममा उपाध्यक्ष पा. विकास राईले स्वागत मन्तव्य राख्नुभएको थियो ।


विभिन्न जिल्ला इसाई समाजका प्रतिनिधिहरू र कोशी प्रदेश इसाई समाज कार्यसमिति सदस्य लगायत इसाई जगतका प्रमुख व्यक्तिहरूको उपस्थित रहेको कार्यक्रममा नेपाली ख्रीष्टियान इतिहासमा भुल्नै नहुने योगदान पु¥याउनुहुने कोशी प्रदेशका अग्रजहरू रेभ. बीबी राई, रेभ. एनडी थुलुङ, रेभ. दानियल सुव्वा, रेभ. बीबी कार्की, रेभ. दिलिप थापा, रेभ. हिमाल जोसेफ राई, रेभ. कुबेर गुरुङ, रेभ. महेन्द्रजङ्ग साम्पाङ, रेभ. एनोस गजमेर, रेभ. जेम्स पौडेल, डा. शेमलाल हेमरम, रेभ. खड्ग मगर, रेभ. गोपाल खनाल, विशप जोसेफ सोरेन, रेभ. पर्शु गुरुङ, रेभ. राजकुमार राई, रेभ. रुबेन राई, पा. छत्र बहादुर लिम्बु, रेभ.मुकुन्द रिजाल, श्रीमती जमुना खड्का र संविधान सभा सदस्य माननीय लोकमणि ढकाललाई दोसल्ला ओढाएर सम्मान गरेको थियोे ।


शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन पा.आकाश थुलुङले गर्नुभएको थियो भने सञ्चालन महासचिव रेभ.विनोद मुर्मु र प्रवक्ता पा. सुरज मल्लले संयुक्तरूपमा गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button