खुसी बाँड्दै सम्पन्न भयो बि.एन.सीए को दशौं शिखर सम्मेलन
असार १७ (२०८०) – हरि जिज्ञासु
भेटघाट, प्रार्थना र निरन्तर उत्साहको लागि हरेक वर्ष सञ्चालन हुने भुटनिज नेपलिज चर्चेज अफ अमेरिका (बि.एन.सिए) को दशौँ शिखर सम्मेलन यो वर्ष अमेरिकाको ओहायो राज्यमा भब्य रुपमा सम्पन्न भएको छ ।
भुटनिज नेपाली भाषि मण्डलीहरुको सबै भन्दा पुरानो र ठूलो छाता संघठन बि.एन. सिए को शिखर सम्मेलन यहि जुन २९ देखि जुलाई १ गते सम्म अमेरिकाको ओहायोमा भव्यताकासाथ सम्मपन्न भएको हो ।
शिखर सम्मेलनकोलागि प्रमुख बक्ताहरु पास्टर फिलिप थापा ओहायोबाट, डा.अलोक सुनुवार सिकाकोबाट, पास्टर त्रिशा मगर जर्जियाबाट र पास्टर सुरेन्द्र राई क्यानाडाबाट रहनुभएको थियो ।
यो वर्षको बि.एन सिए को शिखर सम्मेलनमा एक हजार १ सय संख्यामा सहभागी रहेको भुटनिज चर्चेज अफ अमेरिका (बि.एन.सिए) का अध्यक्ष पास्टर भद्र राईले जानकारी दिनुभयो । अध्यक्ष भद्र राईले भन्नुभयो, ‘विशेषगरी नेपाली भाषि मण्डलीहरुलाई एकतामा रहन, विश्वासमा बलियो हुन र एक अर्काको निम्ति प्रार्थना गर्न सहिजो होस् भन्ने उद्देश्यले हरेक वर्षको जुन र जुलाई आसपासमा सम्मेलनको आयोजना गरिन्छ ।’
शिखर सम्मेलनमा एक वर्षभित्रमा नयाँ थपिएका १० वटा नेपाली भाषि मण्डलीलाई सम्मान गरिएको थियो भने १० जना पास्टर ज्यूहरुलाई बि.एन.सिए कार्यसमितिले पास्टरीय अनुमति पत्र प्रदान गरेको छ । त्यसैगरी जवानहरुकोलागि बेलुकिपख म्यूजिकल नाइट कार्यक्रमको आयोजना गरिएको थियो । म्यूजिकल नाइटमा जवानहरुले ख्रीष्टियन गीत, कबिता नृत्य लगायतका रचना प्रस्तुत गरेका थिए । ख्रीष्टिय जगतका चर्चित श्रष्ठाहरु, लिडिया राई,जेम्स बस्नेत, स्याम शाहु र एल्बी बराइलीको प्रस्तुती रहेको थियो ।
अध्यक्ष भद्र राईका अनुसार, हरके वर्ष आयोजना हुने भुटनिज नेपलिज चर्चेज अफ अमेरिकाको शिखर सम्मेलनमा निश्चित व्यक्तिमात्र नभएर संघसंस्था, र चर्चका सदस्यहरु इच्छुक सबै जना सहभागी हुन सक्नुहुन्छ ।
अध्यक्षा राईले भन्नुभयो, ‘बि.एन.सीए ले बालकदेखि बृद्ध सबैलाई विश्वासमा बलियो भएको चाहान्छ । शीखर सम्मेलनमा हामीले सबैजनालाई सहभागी गराउँन चाहान्छौँ । यो वर्ष पनि बालक, जवान लगायत विभिन्न उमेर समुहका व्यक्तिहरु सहभागी हुनुभएको थियो ।’
बि.एन.सिए को दशौँ शिखर सम्मेलनमा सन् २०२२ देखि २०२५ सम्मको कार्यासमितिको परिचय गराएको थियो । अब अर्को वर्ष ११ औँ बि.एन सिए. शिखर सम्मलेन कहाँ र कहिले हुने भन्ने विषयमा निर्णय नभएको अध्यक्ष भद्र राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, ‘समयको व्यवस्थापन गर्नको लागि सजिलो हुने भएकाले जुन र जुलाईमा नै सम्मेलनको आयोजना गरिन्छ तर कहाँ र कहिले गर्ने भन्ने विषयमा पछि नै जानकारी गराउँछौँ ।’
Jaimashi. Thank you, writing this news, which help us to share others !