ख्रीष्टको प्रेरणाबाट जन्मेको परोपकारी संस्था रेडक्रस

-हरि जिज्ञासु
गत आइतबार विश्वभर पुनरुत्थान दिवस मनाइयो । येशू मृत्युपछि जीवित भएर उठेको दिनलाई इस्टर सण्डे अथवा पुनरुत्थान दिवस भनिन्छ । आज विश्वरी ख्रीष्टियानिटी फैलिनुको मुख्य कारण येशू मृत्युपछि जीवित हुनु हो । यदि येशू जीवित नभएको भए सायद यसरी विश्वभरी ख्रीष्टियानीटी प्रचार हुँदैनथ्यो । मानिसहरुले पुनरुत्थान दिवस मनाउँदैनथे ।


गुड फ्राइडे र इस्टर सण्डेको अवसरमा संसारभरीका मानिसहरुले रेडक्रस मार्फत आफ्नो रगत दान गर्छन् । ख्रीष्टमस पछिको दोस्रो ठूलो पर्व गुड फ्राइडे र इस्टर सण्डेको अवसरमा रगत दिनुको मुख्य कारण भनेकै येशूले मानिसको पाप क्षमा गर्नको लागि रगत बगाउनुभएको थियो । यसकै सम्झनामा मानिसले पनि रगत दान गर्नेगर्छन् ।


अब येशूले मानिसको लागि रगत बगाउनुभएको कुरालाई थाँति राखेर संसारभरी फैलिएको रेडक्रसको कुरा गरौँ । झट्ट हेर्दा रेड क्रस भनेको रातो क्रुस जस्तो सुनिन्छ । यही रेडक्रस संस्थाले मानिसलाई मानिसको रगत वितरण गरेर बचाइरहेको छ । मलाई कहिलेकाँही लाग्थ्यो यो रातो क्रुस नामक मानिसको जीवन बचाउने संस्था कसले सुरु ग¥यो होला ? अध्ययन गर्दै जाँदा थाह भयो, रेडक्रसका संस्थापक एक स्विजरल्याण्डका नागरिक जिन हिनरी डुनान्त थिए ।


येशूमा विश्वास गर्ने जिन हिनरी डुनान्त निकै मनकारी व्यक्ति थिए । उनी प्रोटेस्टेन ख्रीष्टियन परिवारमा हुर्केका कारण परमेश्वरसँग निकै प्रार्थना गर्नेगरेको पाइएको छ । उनी निकै मानवतावादी थिए । सायद उनलाई थाह थियो, येशूले मानिसको पाप क्षमाको लागि रगत बगाउनुभएको थियो । यही सम्झनामा युद्धमा घाइते रहेका सिपाहीहरुलाई बचाउनको लागि रगतको आवश्यकता पर्दछ भन्ने सम्झेर उनको एउटा सुन्दर सोचले सन् १८६३ मा जन्मियो रेडकक्र संस्था ।


जिन हिनरी डुनान्तले सन् १८५९ मा इटालीको सोल्फेरिनो युद्धको भयाभव दृष्य देखेका थिए । घाइते शैनिकहरु उपचारको अभावमा छटपटाई रहेका थिए । त्यही समयमा उनले निर्णय गरे, “रगत अभावको कारण छटपटाएका शैनीकलाई बचाउन रगत चाहिन्छ र अव रेडक्रस संस्थाको स्थापना गर्नुपर्छ ।” यसरी सुरुभयो रेडक्रस संस्था जसले संसारभर रगत अभावमा छटपटाएका बिरामीहरुलाई रगत दान गरेर बचाएको छ ।


संसारमा त्यस्ता धेरै ख्याती प्राप्त व्यक्ति छन् जसले परोपकारी कार्यमा जीवन समर्पण गरेका छन् । इतिहास पल्टाउँदै जाँदा अन्तत ती व्यक्तिहरुले येशूमा विश्वास गरेका हुन्छन् । जिन हिनरी डुनान्त एक खीष्टलाई विश्वास गर्ने व्यक्ति थिए । उनको नाम संसारभरी प्रशिद्ध छ । उनले परोपकारी काम गरेकै कारण मानवतावादी योगदानको कदर गर्दै सन् १९०१ मा उनलाई पहिलो नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button