ख्रीष्टमसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

ख्रीष्टियन महासंघ नेपालले ख्रीष्टमसको अवसरमा जेष्ठनागरिकलाई सम्मान गरेको छ । मंसिर २९ गते शनिबार ललितपुरको ठेचोमा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम गरी महासंघले जेष्ठनागरिकलाई सम्मान गरेको हो ।


आयोजित ख्रीष्टमस कार्यक्रममा ख्रीष्टियन महासंघ नेपालले प्रमुख अथितिको रुपमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीलाई निमन्त्रता गरेको थियो । ख्रीष्टमस कार्यक्रममा विभिन्न मण्डलीका युवाहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
मानिसलाई परमेश्वरले प्रेम गरी येशू प्रभुलाई मानिसहरुको पाप क्षमाको लागि संसारमा पठाएको सन्देश बाँढ्न करिब ५० जना जति जेष्ठनागरिकहरुलाई सम्मान गरेको थियो । पास्टर हिराकाजी महर्जनका अनुसार ९० वर्ष माथिका जेष्ठनागरिकहरुलाई सम्मान गरिएको हो ।


ख्रीष्टमस शुभकामना तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले येशू प्रभु मानिसको पाप क्षमाको लागि जन्मेको हुँदा सबैलाई ख्रीष्ट जन्मोत्सवको अवसरमा शुभकाना दिएका छन् । ख्रीष्टियन समुदायले राज्यबाट पाउनुपर्ने साथ र सहयोग अझै पनि नपाएको कतिपय वक्ताहरुले बताएका छन् । यस ख्रीष्टियन महानसंघ नेपालको अध्यक्ष सुनिल महर्जन हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button