ख्रीष्टमसले ख्रीष्ट चिनाउनुपर्छ

प्रभु येशू जन्मनुको एउटै कारण हो, मानिसको पाप क्षमा होस् र मानिसहरुले येशूद्घारा अनन्त जीवन पाउन सकुन् । मानव मुक्तिका लागि जन्मनुभएका येशू प्रभुको जन्मको सम्झनामा विश्वभरीका धेरै मानिसहरुले उस्त्सव मनाउछन् । डिसेम्बर २५ मा मनाइने यो महान पर्वले विश्वभरी नै खुसीयाली ल्याउँछ । येशूमा विश्वास नगर्नेहरुले पनि ख्रीष्टमस भव्यरुपमा मनाउँछन् ।


तर, जसले जसरी ख्रीष्टमस अर्थात ख्रीष्ट जन्मेको अवसरमा उत्सव मनाएपनि हामी येशूमा विश्वास गर्नेहरुले ख्रीष्टमसको अवसरमा मानिसहरुलाई ख्रीष्ट चिनाउनु आवश्यक छ । ख्रीष्टमसलाई एउटा पर्वकोरुपमा नलिएर अनन्त जीवनको बाटो देखाउने ईश्वरको जन्मको रुपमा मानिसहरुलाई चिनाउनु आवश्यक छ । क्यारोलमा रमाउनु र भोज गर्नुमात्र ख्रीष्टमस होइन ।


हाम्रो सालिन स्वभाव र सहयोगी भावनाले पनि हामी येशू चिनाउन सक्छौँ । खर्चिलो र भट्कीलो तरिकाले ख्रीष्टमस मनाउदा येशू को हुनुहुन्छ भनेर मानिसहरुलाई चिनाउन गाह्रो पर्नसक्छ । त्यसकारण हाम्रो ख्रीष्टमस महान परमेश्वरको महिमा हुने र येशूमा विश्वास नगर्ने मानिसहरुले पनि परमेश्वरको महिमा गर्ने प्रकारको हुनु आवश्यक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button