ख्रीष्टियन पत्रकारिताको अस्तित्व कहिलेसम्म रहला ?

नेपालको पत्रकारिता इतिहास हामीले अध्ययन गर्ने हो भने धेरै अबरोधहरु पार गर्दै यहाँसम्म पुगेको छ । विभिन्न कालखण्डमा पत्रकारहरुको कलमलाई शासकहरुले भाँच्ने प्रयास नगरेका पनि होइनन् । तर पत्रकारिता एउटा सेवामुलक पेसा भएको कारण एकपछि अर्को कलमले लेखिरह्यो ।


अरु विषयमा अल्झिनु भन्दा पनि हामी ख्रीष्टियन पत्रकारिताको बर्तमान अवस्था र भविश्य के भन्ने विषयमा छलफल गर्दा उपयुक्त होला । धेरै जनाको मनमा उठ्ने एउटा प्रश्न छ, के ख्रीष्टियन पत्रकार भन्न मिल्छ त ? यस प्रश्नको जवाफ दिन सजिलो छ । यदि ख्रीष्टियन पत्रकार भन्न मिल्दैन भने किन ख्रीष्टियन पत्रकार भनेको त ? नभने हुदैन ?


ख्रीष्टियन समुदाय तेस्तो समुदाय हो जुन समुदायको अस्तित्व सरकारले सहजै स्वीकार गर्न सक्दैन । सरकार तथा अन्य समुदायले इसाई पहिचानमाथि डलर र विदेशी धर्मको पहिरण देख्छन् । राज्य र समुदायको नजरमा अपहेलित समुदायको रुपमा इसाई समुदाय चिनिएको छ । यस्तै राज्यबाट अपहेलित र धर्मपरिवर्तको आरोप खेपिरहनुको परेको पीडाबाट जन्मिएको हो ख्रीष्टियन पत्रकारिता । जव कुनै पनि व्यक्ति र समुदायले आफूलाई अपहेलित भएको महसुस् गर्छ तव कलमहरुले लेख्न थाल्छन् । त्यहि कलमहरुले लेख्दा लेख्दै जन्मन्छन् पत्रकार र साहित्यकार अनी लेखकहरु ।


ख्रीष्टियन समुदायको पीडालाई लेख्ने व्यक्तिहरु जन्मेको कारणले जन्मिएको हो ख्रीष्टियन पत्रकारिता । यसलाई हामीले कम्जोर रुपमा हेर्नु हुदैन । केहि व्यक्तिहरुले ख्रीष्टियन समुदायको पक्षमा बोलेका कारण र लेखेको कारण उहाँहरुलाई ख्रीष्टियन पत्रकार भनेर समुदायले चिनाएको हो । आफै चिनिएको होइन् ।


आफ्नो पत्रकारिताप्रतिको प्यासनको कारणले मात्र अहिलेसम्म केहि व्यक्तिहरु ख्रीष्टियन पत्रकारिता गरिरहनुभएको छ । जसले पत्रकारिता गरिरहनुभएको छ उहाँहरुको आफ्नै बाद्यताहरु छन् । समुदायको पक्षमा लेखेरमात्र खर्च धान्न सक्ने अवस्था छैन । ख्रीष्टियन समुदायले ख्रीष्टियन पत्रकारितालाई जान्नको लागि अझै केहि वर्ष लाग्न सक्छ ।


देशका ठूला मिडियाहरुले ख्रीष्टियन समुदायको आस्थालाई संधै धर्म परिवर्तनको आरोप लगाएर समाचार प्रशारण गर्दा ख्रीष्टियन समुदायको पक्षमा कलम चलाउने केहि व्यक्तिहरुले त्यस्ता भ्रमात्मक समाचारको प्रतिकार गर्न कलम चलाइरहेको अवस्था छ । ख्रीष्टियन पत्रकारिताले समुदायको पक्षमामात्र बोल्ने र लेख्ने नगरेर आत्मिक रुपमा समुदायलाई बलियो बनाउँन महत्वपूर्ण भुमिका खेलेको छ । अहिले पनि विभिन्न युट्युहरुमा जीवन गवाही लगायत धेरै कुराहरु ख्रीष्टियन मिडियाकर्मीहरुले समुदायको सामु पु¥याएका छन् । धेरैले युट्युवबाट सुसमाचार सुनेका छन् र आत्मिक रुपमा बलियो भएका छन् ।


अबका दिनहरुमा मुख्य प्रश्न भनेकै ख्रीष्टियन पत्रकारितालाई जिवन्त राख्न कसको दायित्व हो ? त्यो जान्नु आवश्यक छ । यदि ख्रीष्टिय समुदायको पक्षमा कलम चलाउने र बोल्ने व्यक्तिको अभाव भयो भने के हुन्छ ? ख्रीष्टियन पत्रकारिताको अस्तित्व हराउँदै गएमा के हुन्छ ? यी र यस्ता गम्भिर प्रश्नहरु हामी माझ खडा भएका छन् । त्यसकारण हामी सबैले ख्रीष्टियन पत्रकारिता क्षेत्रलाई माथि उठाउने प्रयास गरौँ । पत्रकारितामा दर्शन भएका व्यक्तिहरुलाई पत्रकारितामा अगाडि बढ्नको लागि हामी सबैले प्रार्थना गरौँ र उत्साह दिऔँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button