ख्रीष्टियन पत्रकार राहातकोषबाट पत्रकार बोगटीलाई राहात
काठमाण्डौँ, १३ असोज ।। शुक्रबारदेखिको अबिरल बर्षाको कारण शनिबार ललितपुरको नख्खु खोलामा आएको बाढीले चर्च टि.भी का सञ्चालक थोमस बोगटीको अस्थायी रुपमा भाडामा बस्दै आएको घरको कोठामा क्षति पु¥याएपछि ख्रीष्टियन पत्रकार राहातकोषबाट राहात प्रदान गरिएको छ ।
पत्रकार थोमस बोगटीलाई ख्रीष्टियन पत्रकार राहातकोषमार्फत राहात स्वरुप रु दश हजार प्रदान गरिएको छ । नख्खुखोलामा लेदोसहित आएको बाढी पत्रकार थोमस बोगटीको अस्थायी वासस्थानमा पसेपछि अध्ययनका लागि राखिएका किताब लगायत इलेक्ट्रीक सामाग्रीमा क्षेति पुगेको छ ।
पत्रकार थोमस बोगटीको अनुसार, शिनिबार बिहान ७ बजे लेदोसहित आएको बाढी कोठाभित्र पस्यो, केही सामाग्री सुरक्षित राख्न सफल भएपनि धेरै सामाग्री हेर्दाहेर्दै काम नलाग्ने भएको छ । थोमस बोगटी भन्नुहुन्छ, “करिब ३ लाख जतिको क्षति भएको छ । अहिले कोठामा बस्न मिल्ने अवस्था छैन । साथीहरुकोमा बसेको छु ।”