ख्रीष्टियन महासंघको लफडा पदीय लोभ कि, काम गर्ने हुडहुटी ?

– हरि जिज्ञासु
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल कुनै समय नेपाली इसाई समुदायको गौरवको संस्था थियो । कुनै पनि संस्थाको प्रतिष्ठाले जति उचाई छोएपनि अन्तमा तल झर्ने समय आउँदोरछ भन्ने उदाहरण अहिले राष्ट्रिय ख्रीष्टियन महासंघ बनेको छ ।
देशको सासशनसत्ता र आम नागरिक समेतले ख्रीष्टियन समुदायको आस्थामाथी प्रश्न उठाइरहेको बेला ख्रीष्टियन महासंघभित्रको नमिल्दो चरित्रले झन ख्रीष्टियन शब्दलाई बदनाम बनाएको छ । व्यक्ति बदनाम हुनुले खासै ठूलो असर गर्दैन तर एउटा परिचित संस्थाको कारण सिंगो ख्रीष्टियन समुदाय नै बदानम हुनु भनेको यो सानो कुरा होइन ।
ख्रीष्टियन समुदायमा केहि त्यस्ता व्यक्तिहरु छन् जसले सम्पूर्ण ख्रीष्टियन समुदायको सुरक्षाको ठेक्का लिन चाहान्छन् । संस्था खोलेर आफूलाई इसाई समुदायको हिरो बनाउन चाहान्छन् । उनीहरुको हिरोपनलाई ख्रीष्टियन समुदायले हिरो मानिदिुपर्ने उनीहरुको आकंक्षामात्र छ । इसाई समुदायको पक्षमा काम कसरी गर्नुपर्छ भन्ने विषयमा अनविज्ञ छन् । महासंघलाई उचाईमा पु¥याएर ख्रीष्टियन समुदाको पक्षमा काम गर्नको लागि तँछाडमछाड गरेको भिडियो हामीले सामाजिक सञ्जालमा हे¥यौँ । अब प्रश्न गरौँ पदको लोभ कि काम गर्ने हुडहुटी ?
अहिले राष्ट्रिय ख्रीष्टियन महासंघमा बैधानिकताको लडाई चलिरहेको छ । दुई समुहबीच बैधानिकताको लढाई लड्दा लड्दै हिजोँ दुई समुहले प्रेस विज्ञप्ति सहित झगडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे । अहिले त्यहि भिडियोलाई उदृत गर्दै नेपालमा ख्रीष्टियनहरुलाई चर्को विरोध गर्नेहरुले हर्षोउल्लास मनाईरहेका छन् ।
राष्ट्रिय ख्रीष्टियन महासंघका संस्थापक अध्यक्ष पास्टर सुन्दर थापा हुनुहुन्छ । महासंघको संस्थापक अध्यक्ष रहनुभएका पास्टर सुन्दर थापाले अहिले महासंघको झगडा सामाजिक सञ्जालमा सार्वनिक भएको भिडयो हेरेर के सोच्दै हुनुहुन्छ होला ? यो त मेरो प्रश्न हो । ख्रीष्टियन महासंघबाट धेरै विज्ञ व्यक्तिहरुले धमाधम राजिनामा दिएर अहिले अन्य संस्थाहरुमा हुनुहुन्छ । उहाँहरुले पनि महासंघको झगडा देखेर के सोच्दै हुनुहुन्छ होला ? यो पनि मेरो प्रश्न हो । प्रश्नको उत्तर कहाँ भेटिन्छ त, कि काम गर्ने हुडहुटीमा कि त पदीय लोभमा ।
चरी बहादुर गहतराज (सि.बी) राष्ट्रिय ख्रीष्टियन महासंघको अध्यक्ष हुँदा सम्म महासंघमा केहि लोकप्रियता देखिन्थ्यो महासंघको अध्यक्ष पदबाट माथि उठी सांसद भवनमा गएर ख्रीष्टयन समुदायको पक्षमा बोल्ने सपनाले सि.बि गहतराजलाई बीचबाटोमै अलमल्याएको छ । ख्रीष्टियन महासंघको अध्यक्ष पदबाट राजिनामा दिएर राजनीतिमा होमिनु र फेरि राजनीति असफल भएपछि ख्रीष्टियन महासंघको अध्यक्षता पदलाई प्रिय ठान्नु सि.बि गहतराजको दोहोरो चरित्रमा प्रश्न उठ्छ ।
उता उद्व चिमोरियाको समुहले पनि आधिकारिक महासंघ हामी हौँ भनेर भन्ने प्रमाण त होलान तर पनि राष्ट्रिय ख्रीष्टियन महासंघको लागि मरिहत्य गर्नुपर्ने पद बाहेक मैले अरु केहि देख्दैन । आफै भित्र बैधानिकता खोजिरहेका यी दुई समुहले ख्रीष्टिन समुदायको काम भन्दा पनि आफूलाई ख्रीष्टियन समुदायले हिरो भन्दिए हुन्थ्यो भन्ने सोचमा अगाडि बढेको देखिन्छ । यस्तो तरिकाले ख्रीष्टियन समुदायप्रतिको विश्वास उनीहरुले गुमाउदै गएका छन् ।
मुख्य कुरा ख्रीष्टियन समुदायको मुख्य धार के हो भन्ने कुरा पत्ता लाग्न सकिरहेको छैन । ख्रीष्टियन समुदाय अलमलिएको छ । विश्वासभित्र पनि मतभेत छ । बाइलबा विज्ञ भनिनेहरु पनि यस्तो विषयमा बोल्न डराउनुहुन्छ । उहाँहरुलाई पनि आफ्नै त्रास छ । यस्तो विषयमा बाइबल विज्ञहरुले बृहत छलफलगरी ख्रीष्टियन समुदायलाई एउटा निश्चत धारमा हिडाउन सकिन्थ्यो तर बाइबल विज्ञ भनिएकाहरु पनि नेपाली ख्रीष्टियन समुदायको अवस्थाबारे अन्यवलमा हुनुहुन्छ । यहाँ सबैलाई पदकै लोभ छ ख्रीष्टियन समुदायको पक्षमा काम गर्नेत सम्झिनेमात्र हो ।