ख्रीष्टियन मिडियाकर्मीहरुले भेटे सतावट पिडित पास्टर अगुवाको परिवारलाई

भदौ २७ ।। गतसाता नवलपरासीको भारत र नेपालको सिमा क्षेत्रमा तोडफोड गरिएका तीन वटा चर्चको स्थलगत रिर्पोटिङको लागि ख्रीष्टियन मिडियाकर्मीहरु पुगेका छन् । घटनाको वास्तविकता बुझ्नको लागि मिडियाकर्मीहरु भदौ २५ गते रुपन्देही र नवलपरासी पुगेका हुन् ।


मिडियाकर्मीहरु, विश्वास थापा, निरोज तालाङ्गे, सुमन श्रेष्ठ, थोमस बोगटी, पवन हरिजन र हरि जिज्ञासुले लुम्बिनी प्रदेश इसाई समाजका अध्यक्ष बाबुराम बस्नेतसंग सहकार्य गरेर पीडित पास्टर तथा अगुवाको परिवालाई भेटघाट गरेका छन् ।


भदौ १३ गते मोटोसाइकलमा सवार एक समुहले रामग्राम वडा नं. ६ मा रहेको ग्लोरी चर्च, वडा नं. ४ को आराधना चर्च र वडा नं. १० को साक्षि चर्चमा तोडफोड गरेको थियो । तीन वटै चर्चमा पुगेर मिडियार्कीहरुले स्थलगत रिर्पोङ गर्दै पास्टर ज्यूहरुलाई भेटघाट गरेका छन् ।


त्यसैगरी १८ गते नवलपरासी जिल्लाकै पाल्हीनन्दन गाउँपालिकाको महेशपुर सुनरीमा पास्टर भीमबहादुर तामाङ र अगुवा पलबहादुर सुनारलाई कालोमोसो दलेको घटना बाहिरीएपछि मिडियार्कीहरुको टिमले पास्टर भीम बहादुर तामाङलाई भेटेर वास्तविकता बुझेको छ ।


रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिकाको आमा गाउँमा भदौ २३ गते पास्टर ओमकार लोनीयामाथि संगति गर्न गएको बेला हातपात भएको घटनाको वास्तविकता पीडित परिवारलाई भेटेर मिडियाकर्मीहरुले बुझेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button