ख्रीष्टियन मिडिया सोसाइटीले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने

ललितपुर, २०, वैशाख ः ख्रीष्टियन मिडिया सोसाईटी नेपालको हालै सम्पन्न सभाद्धारा निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । यहि मिति २०८१ चैत्र ९ गते सम्पन्न संस्थाको सभाद्धारा पत्रकार विश्वास थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । कार्यसमिति गठनपछि बसेको पहिलो बैठकले विभिन्न निर्यण गरेको अध्यक्ष थापाले बताउनुभयो ।


बैठकले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिनुभएको निवर्तमान कार्यसमिति लगायत सम्पूर्ण अग्रजहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो आगामी कार्ययोजना र रणनीतिका बारेमा समेत छलफल गरेको संस्थाका सचिव गोविन्द कामीले बताउनुभयो ।
शनिवार सम्पन्न बैठकले तत्काल कायम रहेको ७ सदस्यीय कार्यसमितिलाई बढाएर ११ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेको छ । जसमा सहसचिवमा पुजा सुनुवार, सह कोषाध्यक्षमा सरिता नेपाली र सदस्यहरुमा अस्मिता विश्वकर्मा र बबिता रोकायालाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा पत्रकार महासंघ काठमाण्डौंका सदस्य अंकध्वज मोतेलाई चयन गरेको छ ।


संस्थाले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धीका कार्यक्रमहरु, मिडिया मिसन सम्बन्धि तालिम, देशव्यापी सञ्जाल विस्तार र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सञ्जालमा जोडिएर अघि बढ्ने जस्ता विविध रणनीतिका बारेमा छलफल गरेको बताईएको छ ।


ख्रीष्टियन पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित ख्रीष्टियन मिडिया सोसाईटीले आगामी दिनमा मण्डलीमाथि आउने सतावटका विरुद्धमा पत्रकारीताको माध्यमबाट शसक्त ढंगले कादम चाल्ने समेत प्रतिवद्धता व्यक्त गरेको संस्थाका अध्यक्ष विश्वास थापाले बताउनुभयो ।


साथै उक्त बैठकले संस्थाको साधारण सदस्यको सदस्यताको लागि ईच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button