ख्रीष्टियन रिवाइवल चर्च अफ नेपालले वितरण ग¥यो अभिषेकको प्रमाणपत्र
साउन ६ (२०८०) माठमाण्डौँ
ख्रीष्टियन रिवाइवल चर्च अफ नेपालमा आवद्ध रहेका चर्चहरुहरुको पास्टर ज्यूहरुलाई ख्रीष्टियन रिवाइवल चर्च अफ नेपालले अभिषेकको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
ख्रीष्टियन रिवाइवल चर्च अफ नेपाल र द ईभान्जलिक ख्रीष्टियन अलाइन्स अफ नेपालले ललितपुरमा कार्यक्रम आयोजना गरी अभिषेकको प्रमाणपत्र वितरण गरेको हो ।
ख्रीष्टियन रिवाइवल चर्च अफ नेपाल पेन्टिकोस्टल चर्चहरुको स्वैच्छिक सहकार्यमुलक संगतिका लागि निर्माण गरिएको एक राष्ट्रिय अभियान हो । जुन समानता, सुसमाचार, एकता, अनुशासन र अन्य उद्देश्यहरुका लागि केन्द्रित हुनेछ ।
नेतृत्वदायि भूमिकामा रहने अगुवाहरु, प्रमाणपत्र प्राप्त सेवकहरुमा र चर्चका सदस्यहरुमा सत्य निष्ठा र धार्मिक जीवनयापनलाई प्रोत्साहित गर्ने गरी स्थापना भएको उक्त संस्थाले नेपालमा रहेका चर्चहरुको विभिन्न समस्याहरुको समाधानको प्रयास गर्नेछ ।
नेपालका दुर्गम जिल्लाहरुमा मण्डली स्थापना गर्ने र चर्च भवन निमार्ण गर्नको लागि देशभित्र र देशबाहिर रहेका विभन्न मण्डलीहरुसँग सहकार्य गरेर पहल गर्ने लगायतको उद्देश्यहरु संस्थाका रहेका छन् ।
ख्रीष्टियन रिवाइवल चर्च अफ नेपालले ईश्वरीय शिक्षा प्रदान गर्नका लागि बाइवल कलेज स्थापना गर्नुको साथै सात वटै प्रदेशमा आत्मिक जागृतिका लागि सम्मेलनहरु सञ्चालन गर्ने समेत आफ्ना् उद्देश्य राखेको छ ।
हाल ख्रीष्टियन रिवाइवल चर्च अफ नेपाल र (द इभान्जलिकल अलाइन्स अफ नेपालको अध्यक्ष डा.पा.साइमन पिटर रहनुभएको छ । अध्यक्ष पास्टर साइमन पिटरका अनुसार ख्रीष्टियन रिवाइवल चर्च अफ नेपालले नेपालभरी रहेका चर्चहरुको पक्षमा काम गर्ने छ । राष्ट्रिय सम्मेलनद्धारा अनुमोदित आचारसंहिता, नीतिहरु र आचरणका मापदण्डहरु स्थापना गर्नु जुन प्रमाणपत्र धारण गर्नेहरु र चर्चहरुका लागि आवश्यक मापदण्ड हुनेछन् ।