ख्रीष्टियन समाजले बुझायो लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र

नवलपरासीको रामग्राम नगरपालिकामा रहेका तीन वटा चर्च अज्ञात समुहबाट तोडफोड भएपछि नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारलाई ध्यान ध्यानाकर्षण पत्र बुझाएको छ ।


गत बुधबार अज्ञात समुहद्धारा नवलपरासीको तीनवटा चर्चमा आक्रमण भएपछि नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।


नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले सामाजिक र धार्मि सद्भाव खलल पार्ने किसिमका कुनैपनि गतिविधि कसैले पनि नगर्न आग्रह गरेको छ ।


“राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । यसको अर्थ हो, फरक धर्म मान्ने वा वैचारिक रुपमा फरक आस्था राख्ने कुनै पनि व्यक्ति वा समूहलाई भेदभाव गरिने छैन ।” ध्यान आक्रशण पत्रमा उल्लेख गरिएको छ ।


नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले घटनामा केन्द्रित जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कार्बाहीको पक्रिया अगाडि बढाउन समेत आग्रह गरेको छ ।


ध्यानआक्रशण पत्रमा भनिएको छ, नेपालको संविधान २०७२ को धारा ३ मा नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्ष र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावन रहि एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनि बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button