ख्रीष्टियन समाज सल्यान द्वारा स्वास्थ्य शिविर सञ्चालन

भदौ २३, ।। ख्रीष्टियन समाज सल्यानले सारदा नगरपालिका वडा नं. १ शीतलपाटीमा २ दिन स्वास्थ्य शिविर सञ्चालन गरी सम्पन्न गरेको छ । ख्रीष्टियन समाज सल्यानले सारदा नगरपालिकासंग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।


शारदा नगरपालिका नागरिकको स्वास्थ्यप्रति जिम्मेवारी हुँदै नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले शारदा नगरपालिकाले ख्रीष्टियन समाज सल्यानसँग सहकार्य गरी स्वास्थ्य शिविर गरेको हो ।


सिंगापुरका विशेषज्ञ डाक्टरहरु,२ जना फार्मेसिस्ट, २ जना नर्स र नेपालका विभिन्न अस्पतालमा कार्यरत २ जना विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परिक्षण गरेका छन् । शिविरमा महिला रोग, बाल रोग, मुटु रोग, दात रोग लगायतका विशेषज्ञहरुले विरामीलाई सेवा दिएका छन् ।


दुई दिनसम्म चलेको स्वास्थ्य शिविरमा ३ हजार भन्दा बढि बिरामीले सेवा लिएको आंकलन गरिएको छ । भदौ २० गते सम्पन्न भएको स्वास्थ्य शिविरमा सल्यान जिल्लाका विभिन्न मण्डलीका पास्टर ज्यूहरुको समेत सहभागी रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button