ख्रीष्ट पुनरुत्थान दिवसको अवसमा सुर्खेतमा रक्तदान कार्यक्रम

सुर्खेत, ७ वैशाख ः इसाई एकता समाज क्षेत्र नं. १ सुर्खेतकोे आयोजनामा इसाइहरुको ख्रीष्टमस पछिको दोस्रो पर्व इस्टर सण्डेको अवसरमा नेपाल रेडक्रस सोसाइटी सङ्गको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको छ ।


इस्टर सण्डेको अवसमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । पुनरुत्थान दिवसको अवसरमा सय भन्दा बढीले रक्तदान गर्ने चाहना गरेपनि हाल रेडक्रस सोसाइटसँग रगतको अभाव नभएकोले ३४ जनाले दान गर्नु परेको पास्टर मिलन वि.सीले जानकारी दिनुभयो ।


रक्तदान कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका माननीय बलिमाया बुढाले गर्नुभएको थियो भने स्वागत मन्तव्य इसाई एकता समाज क्षेत्र नं. १ का उपाध्यक्ष पास्टर गोपाल घर्तीको रहेको थियो ।


पुनरुत्थान दिवसको अवसरमा कर्णाली प्रदेश इसाई एकता संजाल एवं इसाई समाज सुर्खेतका वरिष्ठ उपाध्यक्ष पाष्टर लिल सुनारले धर्मशास्त्र बाईबलबाट येशू संसारमा आउनुको मुख्य उदेश्य नै पापले नष्ट हुनलागेका मानिसहरुलाई बचाउन आउनुभएको र अरुको लागि जीवन बचाउने कार्यमा अघि बढ्न प्रेरणा दिनुभएको विषयलो उदृत गर्दै उत्साह दिनुभएको थियो ।


त्यसैगरी कार्यक्रमको समापन एकता समाज क्षेत्र नं. १ का अध्यक्ष पाष्टर वीर बहादुर रानाले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण पास्टर मिलन वि.सिले गर्नुभएको थियो । रक्तदान गर्ने सबैलाई प्रमाण–पत्र समेत हस्तान्तरण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button