गण्डकी प्रदेशमा बाइबल कलेजको शाखा उद्घाटन
साउन २० (२०८०) कास्की
ख्रीष्ट महिमा मण्डली (केएमएम मिनिष्ट्रिज) नेपालको स्वामित्वमा रहने गरी वि.सं.२०८० साल साउन १५ गते सोमबार गण्डकी प्रदेश कास्की जिल्ला पोखराको दोस्रो ऐतिहासिक मण्डली बागबजार चर्चमा नेपाल ईन्स्टिच्युट अफ थियोलोजिकल
स्टडीज (निट्स)को शाखा तालिम केन्द्र समुद्घाटन कार्यक्रम सुसम्पन्न भएको छ ।
केएमएम मिनिष्ट्रिज र निट्स कलेजका संस्थापक, निर्देशक, विश्व रेकर्ड होल्डर, स्वर्ण पदकहरु त्था “ग्लोबल पीस अवार्ड”, “युनिभर्सल सुपर स्टार”, “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२२” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक् अवार्ड–२०२२” विजेता रेभ.डा.नरीरामलुहार ‘बिनोद’ ज्यूको सभाध्यक्षतामा सम्पन्नभएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोखरेली इसाई समाजका आदरणीय अध्यक्षपा.विजय मानान्धर ज्यू हुनुहुन्थ्यो ।
ए. टेक बहादुर थापाज्यूले सुरुको प्रार्थना गर्नुभएको र पा. मोतीराम बि.क.‘तिमोथी’ले सञ्चालन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख वक्ताको रुपमा पा.वेद बहादुर तामाङ्ग ‘डेबिट’,निट्स कलेजका रजिष्ट्रार रेभ.पा. महेश राम लावड, केएमएम र निट्सका संस्थापक सदस्य पा. दुर्गा देवीलुहार, निट्सका प्रकाशनिक अधिकृत पा. खुसी रामचौधरी, निट्सका प्रोफेसर पा.राजकुमार बि.क. र ए. टेक बहादुर थापा ज्यूहुनुहुन्थ्यो ।
सभाध्यक्ष, प्रमुखअतिथि र प्रमुख वक्ताज्यूको संयुक्त बाहुलीबाट ब्यानर खोली उद्घाटन भएको थियो । मिनिष्ट्रिजले निट्सको गण्डकी प्रदेश शाखाको निर्देशकको रुपमा पा. मोतीराम बि.क.‘तिमोथी’लाई नियुक्त गरी काम, कर्तव्य र अधिकार तथा जिम्मेवारीहरु हस्तान्तरण गरेको छ ।
केएमएम मिनिष्ट्रिज अन्तर्गत रहेर आजसम्म देशभरिका ६ वटा प्रदेशहरुमा र ४ वटा अन्तर्राष्टिय स्तरमा निट्सका शाखाहरु सञ्चालन भइरहेको सहर्ष जानकारी गराइन्छ । जसमा विभिन्न मण्डली सम्प्रदायका सेवकतथा पाष्टरहरु प्रत्यक्ष रुपमा ख्रीष्टको शिक्षा र पवित्र वचनद्वारा क्रुसिकरण हुँदै स्वस्थ र ख्रीष्ट केन्द्रित अगुवाको रुपमा नमुना बन्दै आफ्नो मण्डली, समाज र राष्ट्रमा सर्वाङ्गिण मानवीय सेवामा लागि पर्नुभएको छ ।